चितवनमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

Author

सजिलो पत्रिका

२०८२ पुस ११, शुक्रबार

41
Share
Featured
  • चितवनको रत्ननगर–९, टिकौली जंगलनजिक मोटरसाइकल दुर्घटनामा २० वर्षीय तृशल महतोको मृत्यु भएको छ।
  • भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक र एक जना सवार घाइते भएका थिए।
  • उपचारका क्रममा चालकको मृत्यु भएको हो भने अर्का घाइते अंकित महतोको उपचार जारी छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

चितवनको रत्ननगर नगरपालिका–९, टिकौली जंगलनजिक आज बिहान भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१ गर्दीका २० वर्षीय तृशल महतो रहेका छन् ।

भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा प्र ०३४ प ५२०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको थियो । दुर्घटनामा चालक तृशल र मोटरसाइकलमा सवार १९ वर्षीय अंकित महतो घाइते भएका थिए ।

घाइते तृशलको उपचारका क्रममा सेन्ट्रल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का घाइते अंकितको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यो समाचारमा

काठमाडौँरत्ननगर नगरपालिकाचितवन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बाग्मतीले धार परिवर्तन गर्दा टौदह आसपासका बस्ती जोखिममा, दहको पानी चुहिन थाल्यो

    काठमाडौं । बाग्मती नदीको  कटानले टौदहपूर्वका केही घर  परेका छन् । कीर्तिपुर नगरपालिका-६ स्थित टौदह उपत्यकाको प्रमुख  पर्यटकीय गन्तव्यस्थलमध्ये एक हो । वाग्मतीले विगत दुई वर्षदेखि धार परिवर्तन गरी पश्चिमी किनाराको माटो कटान गर्न थालेपछिटौदहको पूर्व र दक्षिणतर्फका  बस्ती जोखिममा परेका छन् ।टौदहका स्थानीयवासी मिलन खड्काले भने ‘बाग्मती नदीको  कटानले

    Data is loading...

    Loading brands...

    Loading footer...