काठमाडौं । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) बलात्कार मुद्दामा दोषी ठहर भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार उनलाई दोषी ठहर गर्ने फैसला सुनाएको हो। उनको सजाय भने अर्को पेसीमार्फत निर्धारण गरिने अदालतले जनाएको छ।
अहिराजमाथि २०८१ जेठ ४ गते पीडितलाई कोठामा कोही नभएको मौका छोपी पटक-पटक बलात्कार गरेको र घटनाबारे कसैलाई बताए ज्यान मार्ने धम्की दिएको आरोप लागेको थियो। सोही मुद्दामा उनी २०८२ साउन ४ गते पक्राउ परेका थिए।
अहिराज २०७७ फागुन ७ देखि २०७८ साउन ३२ सम्म मधेस प्रदेशको प्रदेश प्रमुखका रूपमा कार्यरत थिए। पत्रकारिता र मधेस आन्दोलनका विषयमा विद्यावारिधि (PhD) गरेका उनी तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको पालामा प्रदेश प्रमुख नियुक्त भएका थिए। मंगलबारको बहसमा पीडितका तर्फबाट अधिवक्ता खेमप्रसाद अधिकारी र विपक्षीका तर्फबाट १४ जना अधिवक्ताहरूले बहस गरेका थिए।