आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

Author

सजिलो पत्रिका

२०८२ पुस ११, शुक्रबार

13
Share
Featured
  • आज अमेरिकी डलर र बहराइन दिनारको विनिमयदर स्थिर छ भने युरो, अस्ट्रेलियन डलर र कुबेती दिनारको मूल्य घटेको छ, पाउन्डको मूल्य भने बढेको छ।
  • अमेरिकी डलर १ को खरिदर १४३.३६ र बिक्रीदर १४३.९६ रुपैयाँ कायम छ, जुन हिजोकै दर हो।
  • राष्ट्र बैंकका अनुसार विनिमयदर आवश्यक परे जुनसुकै बेला संशोधन हुन सक्छ र वाणिज्य बैंकका दर फरक हुन सक्छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर र बहराइन दिनारको मूल्य स्थिर रहँदा अस्ट्रेलियन डलर, युरो, कुबेती दिनारसहितका मुद्राको मूल्य घटेको छ। तर, पाउन्ड लगायत केही मुद्राको मूल्य भने बढेको छ। 

आज अमेरिकी डलर १ को खरिदर १४३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९६ पैसा छ। हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो। यही पुस २ गते अमेरिकी डलर १ को खरिदर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। 

त्यसैगरि आज युरो १ को खरिदर १६८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६५ पैसा छ। हिजो युरो १ को खरिदर १६९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७९ पैसा थियो। आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९३ रुपैयाँ ८७ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६८ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १९३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९४ रुपैयाँ ५५ पैसा थियो। 

आज अस्ट्रेलियन डलर १ को खरिदर ९६ रुपैयाँ ०६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ४६ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९६ रुपैयाँ २५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६५ पैसा थियो। त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४६६ रुपैयाँ ७० पैसा र बिक्रीदर ४६८ रुपैयाँ ६६ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४६६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ४६८ रुपैयाँ ५९ पैसा थियो। 

आज बहराइन दिनार १ को खरिदर ३८० रुपैयाँ ०६ पैसा र बिक्रीदर ३८१ रुपैयाँ ६५ पैसा छ। हिजो पनि बहराइन दिनारको विनिमयदर यही थियो। यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

यो समाचारमा

नेपाल राष्ट्र बैंककाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ आर्थिक वर्षसँगै नयाँ आयकरको व्यवस्था लागु : १० लाखसम्म कमाउनेलाई १५ मात्र कर

    काठमाडौं। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा (थ्रेसहोल्ड) बढाएर सर्वसाधारणलाई ठुलो राहत दिएको छ। आर्थिक ऐन २०८३ अनुसार आजैदेखि लागु हुने गरी व्यक्तिगत आयकरको सीमा बढाउनुका साथै अधिकतम करको दरमा समेत भारी कटौती गरिएको छ। अर्थ मन्त्रालयका अनुसार आम नागरिकको करको बोझ कम गर्ने उद्देश्यले यो नयाँ

    Data is loading...

    Loading brands...

    Loading footer...