गण्डकी प्रादेशिक ललितकला प्रदर्शनी माघ १५ गतेदेखि हुने

Author

सजिलो पत्रिका

२०८२ पुस १०, बिहिबार

21
Share
Featured
  • गण्डकी प्रादेशिक ललितकला प्रदर्शनी २०८२ माघ १५–१९ गते गैँडाकोट नगरप्रज्ञा–प्रतिष्ठानको ग्यालरीमा हुने छ।
  • प्रदर्शनीमा चित्रकला, मूर्तिकला, लोककला, शिल्प–हस्तकला लगायत विविध कला विधाका कृतिहरू समावेश गरिनेछन्।
  • प्रदर्शनीको उद्देश्य प्रदेशका कला–कलाकारको पहिचान, प्रवर्द्धन र नेपाली ललितकलाको विकास गर्नु हो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सामाजिक रूपान्तरण : ललितकलाको अभियान भन्ने मूलभावमा रही गण्डकी प्रादेशिक ललितकला प्रदर्शनी २०८२, माघ १५ गतेदेखि १९ गतेसम्म गैँडाकोट नगरप्रज्ञा–प्रतिष्ठानको ग्यालरीमा हुने भएको छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र गैँडाकोट नगर प्रज्ञा–प्रतिष्ठान÷गैँडाकोट नगरपालिकाको संयुक्त आयोजनामा प्रदर्शनी हुन लागेको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले प्रदर्शनीमा गण्डकी प्रदेशका समसामयिक चित्रकला, समसामयिक मूर्तिकला, परम्परागत मूर्तिकला, शिल्प–हस्तकला, वास्तुकला तथा लोककला, परम्परागत चित्रकला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विधाका कलाकृति राखिने जानकारी गराएका थिए ।

थुम्केलीका अनुसार प्रदर्शनीसँगै कला र कलाकार सर्वेक्षण, प्रदेश तथा स्थानीय तह एवं विभिन्न समुदायमा रहेका कला र कलाकारको पहिचान तथा तिनको महत्त्वलाई उजागर गर्ने यसको लक्ष्य रहेको छ ।

गैँडाकोट नगर प्रज्ञा–प्रतिष्ठानका उपकुलपति भीमप्रसाद शर्माले गण्डकी प्रदेशका कलाकारको उत्सवका रूपमा प्रदर्शनी आयोजना गरिने बताए ।

गैँडाकोट नगरपालिका शिक्षा अधिकृत रामप्रसाद अधिकारीले प्रदेश प्रदर्शनीको अवसर दिएकोमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानप्रति आभार व्यक्त गरेका छन् ।

गैँडाकोट नगर प्रज्ञा–प्रतिष्ठानका कुलपति गोविन्दराज विनोदीले प्रदर्शनीलाई ऐतिहासिक उत्सवका रूपमा मनाउने गरी तयारी भइरहेको बताउँदै नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले आफूहरूलाई प्रेरित गरेको बताए ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र गैँडाकोट नगर प्रज्ञा–प्रतिष्ठानको साझा उद्देश्य नेपाली ललितकला क्षेत्रको सर्वाङ्गीण विकासका लागि खोज–अनुसन्धान, प्रशिक्षण, कार्यशाला, गोष्ठी, सम्मेलन, महोत्सव, प्रतियोगिता, प्रदर्शनी तथा कलाकारको जीवन स्तर उकास्नका लागि विविध गतिविधि गर्ने रहेको छ ।

यस्तै, नेपाली ललितकलालाई देश विदेशसम्म पु¥याउने, सम्मान, कदर एवं पुरस्कार प्रदान गर्ने, पुस्तकालय, ग्यालरी, सङ्ग्रहालय आदि स्थापना गर्ने, सिर्जनावृत्ति÷छात्रवृत्ति÷विद्वत्वृत्ति प्रदान गर्ने, नेपालका रैथाने शिल्पज्ञान तथा कलाको संरक्षण, प्रवर्धन तथा विकासलगायतका ललितकलाका विविध पक्षमा कार्य गर्ने प्रतिष्ठानको उद्देश्य रहेको छ ।

‘प्रादेशिक ललितकला प्रदर्शनी २०८२’ कोसीमा माघ २९ गतेदेखि फागुन ४ गतेसम्म, मधेसमा माघ १६ गतेदेखि २० गतेसम्म, बागमतीमा फागुन ८ गतेदेखि फागुन १२ गतेसम्म, लुम्बिनीमा माघ १७ गतेदेखि माघ २१ गतेसम्म, कर्णालीमा माघ १९ गतेदेखि माघ २३ गतेसम्म, सुदूरपश्चिममा माघ २१ गतेदेखि माघ २५ गतेसम्म हुने छ ।

यो समाचारमा

काठमाडौँगण्डकी प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...