फागुन २१ मा निर्वाचन हुन्छ, उज्यालो नेपाल पार्टीले बहुमत ल्याउँछ : कुलमान घिसिङ

Author

सजिलो पत्रिका

२०८२ पुस ०८, मङ्गलबार

35
Share
Featured
  • अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङले आगामी फागुन २१ गतेको निर्वाचनबाट देशमा नयाँ दलको नेतृत्व आवश्यक भएको बताए र पुराना दलहरू फेरी सत्ता सम्हाले अर्थ नभएको बताए।
  • उनले उज्यालो नेपाल पार्टीलाई बहुमतसहित चुनाव जितेर देशको विकास सम्भव हुने र प्रधानमन्त्री सही तथा क्षमतावान् हुनुपर्नेमा जोड दिए।
  • घिसिङले देशभर नयाँ शक्तिहरूलाई एकताबद्ध हुन निर्देशन दिँदै पुराना नेताहरूको राजनीतिक नेतृत्व असफल भएको र अब केवल भाषण र गफले विकास नहुने बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

अन्तरिम सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री एवं उज्यालो पार्टीका नेता कुलमान घिसिङले आगामी फागुन २१ गते हुने निर्वाचनबाट देशमा नयाँ दलहरूको सरकार बन्नुपर्ने बताएका छन् ।

गृह जिल्ला रामेछापको मन्थलीमा आयोजित उज्यालो नेपाल पार्टीको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै मन्त्री घिसिङले देशको स्थिरताका लागि चुनाव अनिवार्य रहेको बताए ।

‘चुनाव हुनैपर्छ, देशको स्थिरताका लागि चुनाव अनिवार्य छ तर यो निर्वाचनबाट नयाँ नेतृत्व आउनु पर्छ, यदि यो निर्वाचनबाट पनि पुरानै दलहरू नेतृत्वमा आउने हो भने त्यसको के अर्थ हुन्छ ?’ उनले भने ।

आफूले मात्र चुनाव जित्नु ठुलो कुरा नभएको उल्लेख गर्दै उनले देशभरबाट उज्यालो नेपाल पार्टीका नेताहरूले बहुमत, दुई तिहाइसहित चुनाव जितेमा देशको विकास सम्भव हुने दाबी गरे ।

घिसिङले आगामी निर्वाचनबाट पनि नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले)नेपाली कम्युनिष्ट पार्टी जस्ता पूराना दलका नेताहरू नै सरकारको नेतृत्वमा पुगेमा पछिल्लो समय ‘जेनजी विद्रोह’ले सिर्जना गरेको राजनीतिक अवस्थाको औचित्य समाप्त हुने उनले बताए । चुनावपछि बन्ने सरकार देशका लागि अत्यन्तै महत्त्वपूर्ण हुने उनको ठहर छ ।

उज्यालो नेपाल पार्टीलाई बहुमत दिलाउने गरी सक्रिय हुन निर्देशन दिँदै उनले देश निर्माणका लागि प्रधानमन्त्री सही र क्षमतावान् हुनुपर्नेमा जोड दिए । ‘हिजोका नेताहरूले लिडरसिप गरेनन्, राजनीति मात्रै गरे,’ उनले भने,‘हामी राजनीति गर्न होइन, देशको समृद्धिका लागि काम गर्न आएका हौँ ।’

भाषण र गफले मात्र देश विकास नहुने बताउँदै घिसिङले पुराना शक्तिहरूलाई परास्त गर्न नयाँ शक्तिहरू एकताबद्ध भएर अगाडि बढ्नु पर्ने बताए । उज्यालो नेपाल पार्टी छोटो समयमै देशभर फैलिएको दाबी गर्दै उनले नयाँ नेतृत्वप्रति जनतामा आशा बढ्दै गएको बताए ।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)कुलमान घिसिङकाठमाडौँनेपाली काँग्रेस
नेपाली कम्युनिष्ट पार्टी4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...