माग पूरा नभएसम्म २४ घण्टा आन्दोलन गर्ने जेनजीहरु चेतावनी

Author

सजिलो पत्रिका

२०८२ पुस ०८, मङ्गलबार

17
Share
Featured
  • मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले काठमाडौं माइतीघरमा प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओम प्रकाश अर्यालको राजीनामा माग गर्दै आन्दोलन सुरु गरेको छ।
  • आन्दोलनमा सहभागी डा. निकोलस भुषालले पाँचवटा माग पूरा नभएसम्म २४ घण्टा आन्दोलनमा बस्ने बताएका छन्: सबै जेनजी बन्दीलाई माफी, हत्याराको कारबाही, ०४६ सालदेखि नेता/कर्मचारीको छानबिन, संविधान संशोधन, र प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था।
  • उनीहरूले वर्तमान सरकार जेनजीको नभई विदेशी दलाल, काङ्ग्रेस, एमाले र माओवादीको मिलेमतोले बनेको भन्दै आन्दोलन जारी राख्ने दाबी गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले काठमाडौंको माइतीघरमा आन्दोलन जारी राखेका छन् ।

प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा माग गर्दैै अन्तरिम सरकारलाई दबाब दिन हिजो सोमबारदेखि उनीहरुले शान्तिपूर्ण आन्दोलन सुरु गरेका हुन् ।

सोही क्रममा आन्दोलनमा सहभागी डा.निकोलस भुषालले जेनजीहरुले राखेको पाँच वटा माग पूरा नभएसम्म २४ घण्टा आन्दोलनमा बस्ने बताए ।

उनले भने, ‘सम्पूर्ण जेनजी बन्दीहरुलाई आम माफी दिनुपर्छ, हत्यारालाई कारबाही गर्नुपर्छ, ०४६ साल यताका सम्पूर्ण नेता कर्मचारीहरुको छानबिन गर्नुपर्छ, संविधान संशोधन गरेर प्रदेश सभा र राष्ट्रिय सभा खारेज गर्न र प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था नहुदाँसम्म हाम्रो आन्दोलन जारी छ । यही खान्छौ, यही सुत्छौ २४ घण्टा यही नै बस्छौ ।’

यस्तै, अहिलेको सरकार जेनजीको होइन, विदेशी दलाल, काङ्ग्रेस, एमाले र माओवादी मिलेर बनेको सरकार भएको पनि उनको दाबी छ ।

उनले भने, ‘यो जेनजीको सरकार होइन, विदेशी दलाल, काङ्ग्रेस, एमाले र माओवादी मिलेर बनेको सरकार हो । सुशीला कार्की काङ्ग्रेस कोटाबाट, ओमप्रकाश अर्याल एमाले कोटाबाट अन्य एक दुइजना अन्य पार्टीको कोटाबाट आएर सरकार बनेको छ । असली जेनजीहरु सबै आन्दोलनमा छन् । हाम्रो माग पूरा भएको छैन् ।’

यो समाचारमा

ओमप्रकाश अर्यालकाठमाडौँसुशीला कार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...