निर्वाचन कार्यतालिका हेरफेर गर्न संभव छैन् : प्रमुख आयुक्त भण्डारी

Author

सजिलो पत्रिका

२०८२ पुस ०७, सोमबार

17
Share
Featured
  • निर्वाचन कार्यतालिका परिवर्तन गर्दा प्रक्रिया झनै जटिल हुने भएकाले हेरफेर सम्भव छैन।
  • मतदाता नामावली संकलनमै समय थप्दा ठूलो दबाब र कठिनाइ भएको आयोगको भनाइ।
  • चुनाव चिन्ह गोला प्रथाबाट राख्ने व्यवस्था ऐनमै भएकाले आयोगले बदल्न नसक्ने स्पष्ट।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन कार्यतालिका हेरफेर गर्दा झन पेचिलो बन्ने भएकाले परिवर्तन गर्न नसकिने बताएका छन् ।

सोमबार सिंहदरवारमा प्रधानमन्त्रीको उपस्थितिमा भएको छलफलमा उनले मतदाता नामावली संकलनमा सयम सिमा थप गर्दा मात्रै पनि पेचिलो बनेको उदाहरण दिँदै निर्वाचन कार्यतालिका हेरफेर गर्न संभव नरहेको बताएका हुन् ।

‘यदि समानुपातिक निर्वाचन प्रणलीको उम्मेद्वारको नाम पेस गर्ने समय परिवर्तन गरियो भने त्यो परसम्मको समय धक्का लाग्छ । निर्वाचनको मिति घोषणा भइसकेपछि मतदाता नामावली संकलन गर्न निषेधित थियो हामीले सरकारलाई आग्रह गरेर थप्यौं सयम सिमाले नपुगेर अलिकति अझ थप्दापनि हाम्रा कर्मचारी १५ देखि २० दिन सुत्न पाउनुभएन त्यति पेचिलो बन्यो । अर्को जनशक्ति थपेर गरौं भने पनि सम्भव छैन । विधि र प्रक्रिया जानेको व्यक्तित्व त चाहियो नि हामीलाई त्यसैले खेलको नियम सुरु भएपछि तालिका परिवर्तन नगरौं भन्ने हाम्रो आग्रह छ ।’

त्यस्तै, उनले बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य महेश बस्नेतले अध्यादेशमा प्रतिनिधिसभाको मतपत्रमा दलहरूको चुनाव चिन्ह गोला प्रथाबाट राखिने भन्ने कुरा आएको भन्दै त्यो स्वीकार्य नहुने धारणा राखेका थिए ।

उनलाई उत्तर फर्काउँदै भण्डारीले भने, ‘गोला प्रथाबाट चिन्ह निर्धारण गर्न लाग्यो रे आयोगले भन्ने कुरा पनि आयो । यस्तो रे को कुरामा राजनीतिक दलमा राम्रोसँग प्रतिनिधित्व गर्ने अगुवा व्यक्तिले त्यस्तो कुरा गर्न हुँदैन् । त्यो त ऐनमा नै छ त । ऐनमा भएको कुरा आयोगले परिवर्तन गर्न सक्दैन् । एकपटक ऐन कानुन राम्रोसँग हेर्न आग्रह गर्छु ।’

यो समाचारमा

सिंहदरवारनिर्वाचन आयोगमहेश बस्नेतनेपाल कम्युनिष्ट पार्टी (एमाले)
काठमाडौँ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...