सरकार असफल भएको भन्दै मिराज ढुंगाना समूहले आज माइतीघरमा प्रदर्शन गर्ने

Author

सजिलो पत्रिका

२०८२ पुस ०७, सोमबार

24
Share
Featured
  • ‘जेनजी’ आन्दोलनको मिराज ढुंगाना नेतृत्वको समूहले आजदेखि सरकारविरुद्ध प्रदर्शन सुरु गर्दैछ।
  • सुशीला कार्की नेतृत्वको सरकार १०० दिनमै असफल भएको दाबी गर्दै माइतीघर मण्डलामा विरोध हुने छ।
  • सरकारले ‘जेनजी’ आन्दोलनका माग र मुद्दा अपहरण गरेको आरोप समूहले लगाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

'जेनजी' आन्दोलनको एक समूहले आज (सोमबार) देखि सरकारविरुद्ध विरोध प्रदर्शन सुरु गर्दैछ । 'जेनजी' अगुवा मिराज ढुंगाना नेतृत्वको समूहले सुशीला कार्की नेतृत्वको सरकार १०० दिनमै असफल भएको दाबी गर्दै माइतीघरमा प्रदर्शन गर्न लागेको हो ।

ढुंगाना समूहले आज बिहान ११ बजेदेखि माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने जनाएको छ ।

आफैंले बनाएको सरकारले 'जेनजी' का माग र मुद्दाहरूलाई 'अपहरण' गरेको उनीहरूको आरोप छ । वर्तमान सरकारले गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्मलाई आत्मसात् गर्न नसकेको भन्दै प्रधानमन्त्रीले १०० दिनको कार्यकाल पूरा गरेकै दिन उनीहरूले आन्दोलनको घोषणा गरेका हुन् ।

यो समाचारमा

काठमाडौँसुशीला कार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बाग्मतीले धार परिवर्तन गर्दा टौदह आसपासका बस्ती जोखिममा, दहको पानी चुहिन थाल्यो

    काठमाडौं । बाग्मती नदीको  कटानले टौदहपूर्वका केही घर  परेका छन् । कीर्तिपुर नगरपालिका-६ स्थित टौदह उपत्यकाको प्रमुख  पर्यटकीय गन्तव्यस्थलमध्ये एक हो । वाग्मतीले विगत दुई वर्षदेखि धार परिवर्तन गरी पश्चिमी किनाराको माटो कटान गर्न थालेपछिटौदहको पूर्व र दक्षिणतर्फका  बस्ती जोखिममा परेका छन् ।टौदहका स्थानीयवासी मिलन खड्काले भने ‘बाग्मती नदीको  कटानले

    Data is loading...

    Loading brands...

    Loading footer...