विद्यालय सुधारका लागि अभिभावकले आन्दोलन गर्नुपर्छ-मन्त्री पुन

Author

सजिलो पत्रिका

२०८२ पुस ०६, आइतबार

26
Share
Featured
  • शिक्षा मन्त्री महावीर पुनले विद्यालय शिक्षामा देखिएका समस्याहरू अन्त्य गर्न स्थानीय तहका अभिभावकहरू अग्रसर हुनुपर्ने बताए।
  • उनले विद्यालय सुधारका लागि अभिभावकको सामूहिक दबाब र सक्रिय भूमिकालाई सबैभन्दा प्रभावकारी उपाय भने।
  • निर्देशन मात्रले सुधार नहुने भएकाले अभिभावकले संविधानअनुसार आफ्ना बालबालिकाको भविष्य सुधार्न सक्रिय भएर लाग्नुपर्नेमा मन्त्री पुनले जोड दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विद्यालय शिक्षामा देखिएको बेथिति अन्त्यका लागि स्थानीय तहका अभिभावकहरू नै अग्रसर हुनुपर्ने बताएका छन् । मन्त्रालयबाट निर्देशन जारी गरेर मात्र विद्यालय सुधार सम्भव नहुने भन्दै उनले अभिभावकको सक्रिय भूमिकामा जोड दिएका हुन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै मन्त्री पुनले लेखेका छन्, "जबसम्म स्थानीय अभिभावकहरू एकजुट भएर जोडदार आन्दोलन गर्दैनन् र कडा चेतावनी दिँदैनन्, तबसम्म सुधार हुन गाह्रो छ ।"

उनले विद्यालय सुधारका लागि अभिभावकको सामूहिक दबाब नै सबैभन्दा प्रभावकारी उपाय भएको बताए । संविधानले दिएको अधिकार प्रयोग गर्दै आफ्ना बालबालिकाको भविष्य सुधार्न अभिभावक आफैं लाग्नुपर्ने उनको भनाइ छ ।

काठमाडौंबाट जारी हुने निर्देशनले मात्र स्थानीय विद्यालयको गुणस्तर उकास्न नसक्ने स्पष्ट पार्दै उनले शिक्षा सुधारमा अभिभावकहरू परिवर्तनका संवाहक बन्नुपर्नेमा जोड दिए ।


यो समाचारमा

काठमाडौँमहावीर पुन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...