काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज बिहान साढे ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जुत्ता उत्पादक सङ्घका पदाधिकारी तथा प्रतिनिधिसँग विशेष छलफल गर्ने भएका छन्।
छलफलमा सङ्घका अध्यक्ष सुरज बन्जाडे, निवर्तमान अध्यक्ष रुद्र न्यौपाने, सचिव निर्मल भट्टराई, सल्लाहकार कालिदास गौतम, कार्यसमिति सदस्य सरोज भट्टराई तथा प्रतिनिधि विदुषी राणाको सहभागिता रहनेछ।
बैठकमा स्वदेशी जुत्ता–चप्पल उद्योगको प्रवर्द्धन, बजार व्यवस्थापन, आत्मनिर्भरता अभिवृद्धिका प्रयास, उद्योगले भोगिरहेका समस्या तथा नीतिगत सुधारका विषयमा विस्तृत छलफल हुने कार्यतालिका रहेको छ।
सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने नीति अघि बढाइरहेका बेला प्रधानमन्त्री र उद्योगीबीचको यो भेटलाई जुत्ता तथा चप्पल उद्योगका चुनौती समाधान र दीर्घकालीन विकासका लागि महत्वपूर्ण रूपमा हेरिएको छ।