अवैध लागूऔषध सहित विभिन्न स्थानबाट चार जना पक्राउ

Author

सजिलो पत्रिका

२०८२ पुस ०४, शुक्रबार

18
Share
Featured
  • सिराहाबाट खैरो हेरोइन जस्तो देखिने ६ ग्राम ५ सय मिलिग्राम पदार्थसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
  • उदयपुरको वेलकाबाट ब्राउनसुगर जस्तो देखिने करिब १ सय मिलिग्राम पदार्थसहित एक युवक पक्राउ परेका छन्।
  • नवलपरासी पश्चिमबाट डाइजेपाम, प्रोमेथाजाइन र बुप्रेनोर्फिन गरी ८४ एम्पुल लागूऔषधसहित एक व्यक्ति पक्राउ गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सिराहा, धनगढीमाई नगरपालिका-८ कसहाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ५ सय मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ घर भएका २९ वर्षीय देवराज वली र सिन्धुली कमलामाई नगरपालिका-६ रातामाटा घर भएका ३४ वर्षीय सुशिल अधिकारी रहेका छन् । अस्थायी प्रहरी पोष्ट कसहा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरीले ज.१ ह ३९३० नम्बरको अटोलाई जाँच गर्दा उक्त पदार्थ फेला पारी चालक देवराज र अटोमा सवार सुशिललाई पक्राउ गरेको हो । 

उदयपुर, बेलका नगरपालिका-९ रामपुर बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय  मिलिग्राम सहित त्रियुगा नगरपालिका-७ खारखोला बस्ने २२ वर्षीय रेमन मग्रातीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले विराटनगरबाट कटारीतर्फ जाँदै गरेको प्र.१-०२-००२ ख ००६७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसका सहचालक रेमनको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), बर्दघाट नगरपालिका-४ टिसिएन चोकबाट नियन्त्रित लागूऔषध डाईजेपाम २८ एम्पुल, प्रोमेथाजाइन २८ एम्पुल र बुप्रेनोर्फिन २८ एम्पुल सहित कास्की पोखरा महानगरपालिका-१४ चाउथे बस्ने ३५ वर्षीय खगेन्द्र बहादुर मिदुनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले सुनौलीबाट पोखरातर्फ जादै गरेको ना.५ ख १७६५ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो समाचारमा

सिन्धुलीकाठमाडौँबर्दघाट नगरपालिकाकमलामाई नगरपालिका
कास्की10 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    Data is loading...

    Loading brands...

    Loading footer...