पूर्वसांसद कोइरीसहित ६ जनालाई पाँच वर्ष कैद, तीन जनालाई जन्मकैद

Author

सजिलो पत्रिका

२०८३ असार १८, बिहिबार

18
Share
Featured

काठमाडौं । प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्या प्रकरणमा उच्च अदालत जनकपुरले प्रतिनिधिसभाका पूर्वसांसद लक्ष्मी महतो कोइरी र मधेस प्रदेशसभाका निलम्बित सदस्य अभिराम शर्मासहित ६ जनालाई पाँच वर्ष कैद सजाय सुनाएको छ।

कामु मुख्यन्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले पूर्वसांसद महतो, निलम्बित प्रदेशसभा सदस्य शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र, सुरेश पाण्डे र पवन कापरलाई जनही पाँच वर्ष कैदको फैसला गरेको हो।

यसै प्रकरणमा प्रतिवादी प्रदीप साह माझी, सञ्जयकुमार साह र मोहन ठाकुरलाई तत्कालीन मुलुकी ऐनको ज्यानसम्बन्धी महलको १ नम्बरको कसुरमा सोही महलको १३(३) नम्बरबमोजिम जन्मकैदको सजाय कायम गरिएको छ।

अदालतका सूचना अधिकारी गणेश पाण्डेका अनुसार महोत्तरी जिल्ला अदालतले २०८० मङ्सिर २८ गते प्रदीप साह माझी, सञ्जयकुमार साह र मोहन ठाकुरलाई जन्मकैद तथा लक्ष्मी महतो र पवन कापरलाई सफाइ दिएको थियो। उच्च अदालतले तीन जनाको जन्मकैदसम्बन्धी फैसला सदर गर्दै अन्य प्रतिवादीबारे नयाँ निर्णय गरेको हो।

फैसलामा असई विकको मृत्यु कर्तव्यबाट भएको उल्लेख गर्दै प्रदीप साह माझी, सञ्जयकुमार साह र मोहन ठाकुरविरुद्ध किटानी जाहेरी परेको, अनुसन्धानका क्रममा उनीहरूले आरोप स्वीकार गरेको तथा उपचारका लागि लैजाँदै गर्दा एम्बुलेन्स चालक सुशील मिश्र र सँगै रहेका पप्पुकुमार साह, सियाराम पासवान र राजकुमार झाले अनुसन्धान अधिकृतसमक्ष उनीहरूको संलग्नता पुष्टि गरेको उल्लेख गरिएको छ।

अदालतले घटनास्थलका तस्बिरबाट पनि सञ्जयकुमार साहले असई विकमाथि प्रहार गरेको देखिएको जनाएको छ।

पूर्वसांसद लक्ष्मी महतो, अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र, सुरेश पाण्डे र पवन कापरको हकमा भने विकमाथि प्रत्यक्ष प्रहार गरेको वस्तुनिष्ठ प्रमाण नभेटिएको अदालतले उल्लेख गरेको छ। तर जन्मकैद सजाय पाएका प्रतिवादीहरूको पोलयुक्त बयानका आधारमा उनीहरू ज्यान मार्ने कार्यमा संलग्न रहेको ठहर गर्दै मुलुकी ऐनको ज्यानसम्बन्धी महलको १७(२) नम्बरअन्तर्गत दोषी ठहर गरी पाँच वर्ष कैद सजाय सुनाइएको हो।

मधेस आन्दोलनका क्रममा २०७२ भदौ २५ गते कार्यस्थलतर्फ जाने क्रममा महोत्तरी पुगेका असई थमन विक आन्दोलनकारीको कुटपिटपछि मृत्यु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    डेङ्गी संक्रमणको जोखिम असारदेखि कात्तिकसम्म उच्च, लामखुट्टेको बासस्थान नष्ट गर्न अपील

    काठमाडौं । पानी पर्न थालेपछि डेङ्गी संक्रमणको जोखिम बढ्ने भएकाले आवश्यक सर्तकता अपनाउन इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सबैमा अनुसारेध गरेको छ । महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालले दैनिक पानी पर्न थालेपछि डेङ्गीको जोखिम पनि बढ्ने भएकाले सर्तकता अपनाउन सबैलाई आग्रह गरे ।‘केही दिनअघि परेको पानीले

    Data is loading...

    Loading brands...

    Loading footer...