मिडिया हाउसहरूमा गाडी तेर्स्याएर अवरोध गरिएको घटनाप्रति रास्वपाको आपत्ति, छानबिन र कारबाहीको माग

Author

सजिलो पत्रिका

२०८३ असार २९, सोमबार

10
Share
Featured
  • रास्वपाले सञ्चारगृहको प्रवेशद्वारमा शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरी अवरोध गरिएको घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेको छ।
  • पार्टीले यस्तो गतिविधिलाई प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य-मान्यतामाथिको आक्रमण भएको जनाएको छ।
  • सञ्चारकर्मीलाई निर्भीक रूपमा पत्रकारिता गर्न आग्रह गर्दै प्रेस स्वतन्त्रता र सुरक्षाको पक्षमा सधैं रहने प्रतिबद्धता जनाएको छ।
  • समाचार सारांशGenerated using AI.

    काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारगृहको प्रवेशद्वारमा शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरी अवरोध सिर्जना गरिएको घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै संलग्न व्यक्तिको तत्काल पहिचान गरी कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।

    पार्टीका महामन्त्री विपिनकुमार आचार्यद्वारा सोमबार जारी विज्ञप्तिमा स्वतन्त्र, निष्पक्ष र निर्भीक पत्रकारिता लोकतन्त्रको आधारशिला भएकाले त्यसलाई त्रसित बनाउने उद्देश्यले गरिने कुनै पनि गतिविधि अस्वीकार्य रहेको उल्लेख गरिएको छ ।

    रास्वपाले सञ्चारगृह र सञ्चारकर्मीलाई मनोवैज्ञानिक दबाबमा पार्ने वा उनीहरूको स्वतन्त्र रूपमा काम गर्ने वातावरणमा हस्तक्षेप गर्ने प्रयास लोकतान्त्रिक मूल्य-मान्यता र प्रेस स्वतन्त्रतामाथिको प्रत्यक्ष आक्रमण भएको जनाएको छ ।

    विज्ञप्तिमा घटनाको निष्पक्ष र सत्यतथ्य छानबिन गरी सञ्चारगृहको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न, साथै संलग्न जोसुकै भए पनि कानुनबमोजिम कारबाही गर्न नेपाल सरकार, गृह मन्त्रलयतथा सम्बन्धित सुरक्षा निकायसँग आग्रह गरिएको छ ।

    रास्वपाले आफू सधैं पूर्ण प्रेस स्वतन्त्रता, नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकार र स्वतन्त्र पत्रकारिताको पक्षमा दृढतापूर्वक उभिएको उल्लेख गर्दै सूचना तथा सञ्चार स्वतन्त्रतामाथि अंकुश लगाउने वा सञ्चार क्षेत्रमा त्रास सिर्जना गर्ने कुनै पनि गतिविधिलाई स्वीकार नगर्ने स्पष्ट पारेको छ ।

    साथै, पार्टीले सञ्चारकर्मीलाई कुनै पनि दबाब वा त्रासको प्रभावमा नपरी सत्यतथ्यमा आधारित जिम्मेवार पत्रकारितालाई निरन्तरता दिन आग्रह गर्दै प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको सुरक्षाका पक्षमा सधैं साथ रहने प्रतिबद्धता दोहोर्‍याएको छ । 


    यो समाचारमा

    राष्ट्रिय स्वतन्त्र पार्टीगृह मन्त्रलय

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

      कुल मतदान: 0

      सम्बन्धित समाचार

      sajilo patrika

      सहरी क्षेत्रको डुबान रोक्न व्यास नगरपालिकाले फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना बनाउने

      तनहुँ । व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रणका कार्यक्रम अघि सारेको छ ।नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरभित्रका सडकलाई वर्षभरि नै सञ्चालनयोग्य बनाउने तथा योजनाबद्ध रूपमा स्तरोन्नति गर्ने नीति लिइएको जानकारी दिए । उनका अनुसार नगरभित्रका सडकको लगत कट्टा गर्दै आवश्यक सडकलाई

      Data is loading...

      Loading brands...

      Loading footer...