जेम्स थन्डरबोल्ट्स कप २०२५ सुरु, एक सयभन्दा बढी विद्यालयका ३५ सय खेलाडीको सहभागिता

Author

सजिलो पत्रिका

२०८२ पुस ०४, शुक्रबार १४:१५

26
Share
Featured
  • १०७ विद्यालयका ३,५०० भन्दा बढी खेलाडी सहभागी तेस्रो थन्डर बोल्ट्स कप २०२५ जेम्स विद्यालयमा सुरु।
  • फुटबलदेखि ई–स्पोर्ट्ससम्म समूहगत र व्यक्तिगत गरी विविध खेल समावेश।
  • प्रथम हुने विद्यालयले ५ लाख रुपैयाँ पाउने, प्रतियोगिता पुस ९ गते सम्पन्न हुनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

देशभरीका एक सय सात विद्यालयका ३५ सय भन्दा बढी खेलाडीहरूको सहभागितामा तेस्रो थन्डर बोल्ट्स कप २०२५ विहीबारबाट जेम्स विद्यालयको खेल मैदानमा सुरु भएको छ ।

थन्डर बोल्ट्स कप २०२५ मा समूहगत तर्फ फुटबल, भलिबल, बास्केटबल, फुटसल र क्रिकेट तथा व्यक्तिगत तर्फ पौडी, आर्चरी, जुडो, तेक्वान्दो, टेबल टेनिस, टेनिस, ई–स्पोट्र्सका खेलहरु समावेश गरिएका छन्।

‘सपना देख, विश्वास गर, प्राप्ति गर’ भन्ने मूल नाराका साथ जेम्स विद्यालयको खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभागको आयोजनामा प्रतियोगिताको बिहीबार ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले उद्घाटन गरेका थिए।

प्रतियोगिताको समुद्घाटन समारोहमा जेम्स विद्यालयका संस्थापक अध्यक्ष राजेश खड्का, थन्डर बोल्ट्स डेभलप्मेन्ट सेन्टरका निर्देशक बरुण खड्का, ललितपुर महानगरपालिका शिक्षा विभागका निर्देशक देवी पौड्याल, नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. अमित कुमारको सहभागिता रहेको थियो ।

प्रतियोगिताको विभिन्न खेलको पदक प्राप्तीको आधारमा विजेता टोलीको घोषणा गरिनेछ । प्रथम स्थान प्राप्त गर्ने विद्यालयले ५ लाख रुपैंया प्राप्त गर्नेछ।

यस प्रतियोगिताको मुख्य उद्देश्य नेपालका विद्यालयहरूबीच बलियो खेल संस्कृति र सौहार्दताको विकास गर्ने रहेको छ ।

थन्डरबोल्ट्स डेभलप्मेन्ट सेन्टरद्वारा प्रायोजित र फोटोन द्वारा समर्थित यस मेगा इभेन्ट्स खेलकुद प्रतियोगिताका साझेदार संस्थाहरूमा मिडिया पार्टनर अन्नपूर्ण पोष्ट, हेल्थ पार्टनर नेपाल मेडिसिटी अस्पताल, मिडिया तथा ब्रोडकास्टिङ पार्टनर वान ओर एट, एडुमार्ट, लगायत अन्य धेरै प्रतिष्ठित कम्पनीहरूको समर्थन रहेको छ।

प्रतियोगिता पुस ९ गते सम्पन्न हुनेछ।

यो समाचारमा

टेबल टेनिसक्रिकेटटेनिसपौडी
बास्केटबल10 more

ट्यागहरू

#पौडी#ललितपुर#क्रिकेट#खेल#टेबलटेनिस#प्रतियोगिता#विद्यालय#फुटबल#सहभागिता#खेलाडी#आयोजना#ललितपुर महानगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    sajilo patrika

    स्वीटजरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

    इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

    स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

    विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा, उपाधि दाबेदारबीच रोमाञ्चक भिडन्त हुने

    भर्खरै

    News Image

    जलविद्युत् आयोजनाको वर्गीकरण गर्दै प्राधिकरण

    News Image

    पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा ६ जनाको मृत्यु, १२३ घाइते

    News Image

    जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो

    News Image

    बाल सुधार गृहमा अब एआई र सीपमूलक तालिम, रासन खर्च बढाउन मन्त्री वादीको पहल

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू