एमाले महाधिवेशन: मतगणना सुरु, तीन घण्टाभित्र परिणाम आउने

Author

सजिलो पत्रिका

२०८२ पुस ०३, बिहिबार

11
Share
Featured
  • एमाले ११औँ महाधिवेशनको मतदान सकिएपछि आज बिहानबाट मतगणना सुरु भएको छ, तीन घण्टाभित्र परिणाम सार्वजनिक गर्ने लक्ष्य छ।
  • कुल २,२६३ प्रतिनिधिमध्ये २,२२७ जनाले मतदान गरेका छन् भने ३६ जना अनुपस्थित रहे।
  • अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलबीच प्रतिस्पर्धा छ, केही घण्टामै नयाँ नेतृत्वको टुंगो लाग्नेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदानको गणना सुरु भएको छ । निर्वाचन आयोगले तीन घण्टाभित्र सम्पूर्ण मतपरिणाम सार्वजनिक गर्ने लक्ष्यका साथ मतगणना प्रारम्भ गरेको हो ।

बुधबार बिहान ९:२० बजे सुरु भएको मतदान प्रक्रिया साढे २१ घण्टापछि आज बिहान ७ बजे सम्पन्न भएको थियो ।

महाधिवेशनमा कुल २,२६३ प्रतिनिधिमध्ये २,२२७ जनाले मात्र मतदान गरेका छन् भने ३६ जना अनुपस्थित रहे ।

एमालेको नयाँ नेतृत्वका लागि अध्यक्ष खड्गप्रसाद शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा छन् । अबको केही घण्टामा एमालेको नयाँ नेतृत्वको टुंगो लाग्नेछ ।

यो समाचारमा

ईश्वर पोखरेलखड्गप्रसाद शर्मा ओलीनेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँ
निर्वाचन आयोग4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...