कोशी पर्यटन वर्ष सफल बनाउन चलचित्रकर्मी प्रतिवद्ध, ‘लक्की’ प्रदेश भएको दाबी

Author

सजिलो पत्रिका

२०८२ पुस ०१, मङ्गलबार

14
Share
Featured
  • कोशी पर्यटन वर्ष २०८२ सफल बनाउन चलचित्रकर्मी र कलाकारहरूले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्, र सरकारले अझै सुधार गर्न बाँकी रहेको विषयमा सुझाव दिएका छन्।
  • फिल्म सुटिङलाई सहज बनाउन विशेष सुविधा र सहुलियत प्याकेज तयार गर्ने, र फिल्ममार्फत पर्यटन स्थलको प्रवद्र्धन गर्ने योजना बनाइएको छ।
  • नेपाल पर्यटन बोर्ड र कोशी पर्यटन वर्ष सचिवालयबीच सहकार्य समझदारीपत्रमा हस्ताक्षर गरिएको छ, र ‘८२ का लागि ८२ गन्तव्य’ सूची सार्वजनिक गरी योजनाबद्ध विकास अघि बढाइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

कोशी पर्यटन वर्ष २०८२ सफल बनाउन कलाकार एवम चलचित्रकर्मीहरुले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । मंगलबार कोशी प्रदेशको पर्यटन वर्षको सचिवालयले आयोजना गरेको अन्तरक्रियामा अधिकांश फिल्मकर्मी तथा कलाकारहरुले पर्यटन बर्ष सफल बनाउन सरकारले सुधारका धेरै काम गर्न बाँकी रहेको पनि औंल्याए ।

चलचित्र निर्देशक मिलन चाम्सले कोशी प्रदेश फिल्म सुटिङका लागि भाग्यमानी प्रदेश रहेको बताउँदै सरकारले धेरै कुरामा सुधार गर्न सुझाव दिए । उनले भने,‘पर्यटक पुग्ने पहिलो डेस्टिनेसन एयरपोर्टबाटै सुधार गरौं । मन्त्रीज्यूलाई पनि व्यक्तिगत समस्या लिएर जाने धेरैभए अब समाजको समस्या लिएर जानुपर्यो । प्रदेशमा सुटिङ गर्न पुग्ने चलचित्रकर्मीहरुका लागि विशेष सुविधा र सहुलीयत प्रदान गर्ने किसिमको प्याकेज तयार गर्नुपर्छ,’ उनले अगाडि भने,‘विगत एक बर्ष साँच्चै लक्की भएको छ । किनभने ‘उनको सुइटर, परान, अन्जिलालगायतका फिल्म कोशीमै सुटिङ भएको र सफल भएको छ ।’

कलाकार शिव श्रेष्ठले कोशी प्रदेशमा फिल्म सुटिङ गर्न जानुपूर्व चलचित्र विकास बोर्डले सहजीकरण गर्नुपर्ने र सहज रुपले काम गर्न पाउनुपर्ने बताए । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले फिल्मले पर्यटन स्थलको प्रवद्र्धनमा ठूलो भूमिका निर्वाह गर्ने भएकाले विश्वभरका सिनेकर्मीहरुलाई आकर्षित गर्नुपर्ने बताए ।

उनले भने,‘आज पर्यटकीय स्थलको ब्राडिङ गरियो भने आजै परिणाम नआउला तर कालान्तरमा यसले सफलता पाउँछ ।’ अध्यक्ष डिसीले सिनेमा हलका अगाडि गन्तब्य स्थलको प्रचार गर्ने हो भने विकास बोर्डले सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले कोशी पर्यटनका लागि अथाह संभावना भएको प्रदेश भएपनि प्रचार गर्न नसक्दा ओझेलमा परेको बताउँदै पर्यटन बर्षमार्फत प्रदेशको पर्यटनलाई माथि उठाउने बताए ।

बजेट १० करोड विनियोजन भएपनि कानुन बनाउँदा बनाउँदै धेरै समय व्यथित भएकाले अब द्रुत गतिले काम हुने बताए । ‘यतिबेला सबै तहका व्यक्तिहरुको अपनत्व अपनाइदिनुपर्यो । काठमाडौंलाई कोशी पनि छ भन्ने चिनाइदिनुहोला । हामी प्रचारका लागि सबसिटीका लागि बजेट छुट्याउन तयार छौं,’ उनले भने ।

कोशी पर्यटन वर्ष निर्देशक समितिका सह–संयोजक कृष्णकुमार साहले कोशी सरकारले गौरवको वर्षका रुपमा पर्यटन वर्ष मनाउने घोषणा गरेकाले सबैको सहयोग आवश्यक रहेको बताए ।

कार्यक्रममा अधिकांश चलचित्रकर्मीहरुले पर्यटन क्षेत्रमा प्रशस्त कमजोरीहरु रहेकाले सुधार गरेर अघि बढ्न सुझाव दिए ।

बर्ष ०८२ लाई प्रदेश सरकारले कोशी पर्यटन वर्षको रुपमा मनाउने घोषणा गरेपछि कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालय र कोशी प्रदेशको पर्यटन वर्ष २०८२ को सचिवालयले प्रचार प्रसारको कामलाई तिब्रता दिंदै कलाकारहरुसँग अन्तरक्रिया गरेको हो ।

सोमबार मात्र नेपाल पर्यटन बोर्ड र कोशी पर्यटन वर्ष २०८२ को सचिवालयबीच सहकार्य गर्ने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर समेत भएको थियो । प्रदेश सरकाले ‘८२ का लागि ८२ गन्तव्य’ सूचि सार्वजनिक गरी ती पर्यटकीय केन्द्रहरुको योजनावद्ध विकासका लागि काम समेत अघि बढाएको छ ।

यो समाचारमा

नेपाल पर्यटन बोर्डकाठमाडौँशिव श्रेष्ठचलचित्र विकास बोर्ड
कोशी प्रदेश4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...