यस्तो छ ओली र पोखरेलको प्यानल, एमालेमा आज उम्मेदवारी दर्ता

Author

सजिलो पत्रिका

२०८२ मंसिर २९, सोमबार

42
Share
Featured
  • नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत आज उम्मेदवारी दर्ता हुँदैछ, मतदान भने भोलि हुनेछ।
  • अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्ना प्यानल बनाएर निर्वाचनमा जाने तयारी गरेका छन्; कुल १९ पदाधिकारीको लागि उम्मेदवारी दर्ता हुनेछ।
  • उम्मेदवारी दर्ता बिहान १०:३० बजेदेखि १:३० बजेसम्म हुनेछ र सोही दिन साँझ ६ बजे अन्तिम नामावली प्रकाशन गरिनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशन अन्तर्गत आज उम्मेदवारी दर्ता हुदैछ। केन्द्रीय निर्वाचन आयोगले सार्बजनिक गरेको निर्वाचन तालिका अनुसार आज उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ। मतदान भने भोलि हुनेछ। एमालेको नयाँ नेतृत्वको लागि अध्यक्ष खड्गप्रसाद शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानल नै बनाएर निर्वाचनमा जाने तयारी गरेका छन्।

अध्यक्ष ओली समूहबाट पदाधिकारी बन्ने टोलीको टुंगो लागेको छ। सो समूहका नेताका अनुसार उपाध्यक्षमा विष्णुप्रसाद पौडेल, गुरु बराल, पृथ्वी सुब्बा गुरुङ र ले उम्मेदवारी दिने भएका छन्। महासचिवमा शंकर पोखरेल दोहोरिने भएका छन्। उपमहासचिवमा रघुविर महासेठ, विष्णु रिमाल र भानुभक्त ढकालले उम्मेदवारी दिने जनाइएको छ। यस्तै सचिवमा  लेखराज भट्ट, छविलाल विश्वकर्मा, पद्यमा अर्याल, खगराज अधिकारी, शेरधन राई, यामलाल कडेल र हिक्मत कार्कीले उम्मेदवारी दर्ता गराउने जनाइएको छ।

यस्तै पोखरेल समूह पनि आफ्नो प्यानल बनाएर उम्मेदवारी दर्ता गर्ने भएको हो ।  नयाँ व्यवस्था अनुसार १९ पदाधिकारी हुने छन्।  पोखरेल समूहका नेताका अनुसार अध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा सुरेन्द्र पाण्डे र उपमहासचिवमा योगेश भट्टराई उम्मेदवार बन्ने निश्चित भएको छ।

त्यस्तै यसअघि महासचिवमा दाबि गरिरहेका गोकर्ण विष्ट उपाध्यक्षको उम्मेदवार बन्ने निश्चित भएको छ भने बिन्दा पाण्डे र अरुण नेपाललगायतको पनि उपाध्यक्षमा चर्चा रहेको छ।

सचिवमा पोखरेल पक्षबाट विनोद ढकाल, गोकुलप्रसाद बास्कोटा, कर्ण थापा, ठाकुर गैरेको नाम लगभग टुंगिएको बताइएको छ। त्यसै कृष्णगोपाल श्रेष्ठ, पुरुषोत्तम पौडेललगायतको नाम पनि सचिव पदमा चर्चामा रहेको छ।

उम्मेदवारी दर्ता आज बिहान साढे १० बजेदेखि साढे १ बजेसम्म हुने भएको छ। सोमबार नै उम्मेदवारको दाबी विरोध, छानबिन, नाम फिर्ता सकेर अन्तिम नामावली प्रकाशन साँझ ६ बजे हुने निर्वाचन आयोगले जानकारी दिएको छ।

यो समाचारमा

गोकुलप्रसाद बास्कोटापृथ्वी सुब्बा गुरुङसुरेन्द्र पाण्डेखड्गप्रसाद शर्मा ओली
योगेश भट्टराई7 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...