राप्रपा केन्द्रीय समिति बैठकको १३ बुँदे निर्णयहरु सार्वजनिक

Author

सजिलो पत्रिका

२०८२ मंसिर २६, शुक्रबार

13
Share
Featured
  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भदौ २३–२४ को जेनजी विद्रोहलाई नेपालमा विकृति, भ्रष्टाचार, बेरोजगारी र संवैधानिक विवादको परिणाम भएको ठहर गरेको छ।
  • पार्टीले आमनिर्वाचन अघि परम्परागत शक्ति, राजनीतिक दल र जेनजीबीच नवीन समझदारी र राष्ट्रिय सहमति निर्माण गर्न आह्वान गरेको छ।
  • राप्रपाले राजसंस्था पुनर्स्थापनालाई जनमत संग्रह वा रक्तपातको बाटो होइन, राष्ट्रिय सहमतिका माध्यमबाट मात्र स्थापना गर्नुपर्ने विचार प्रस्तुत गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठकले १३ बुँदे निर्णयहरु सार्वजनिक गरेको छ ।

राप्रपाले गत भदौ २३ र २४ गते भएको जेनजी विद्रोहलाई देशमा निरन्तर रूपमा विकसित निषेधको राजनीति, चरम भ्रष्टाचार, बेरोजगारी, संवैधानिक अङ्गहरूमाथिको दलीयकरण, सत्ता लिप्सा, सत्ता केन्द्रित वैदेशिक सम्बन्धको दुष्परिणाम भएको ठहर गरेको छ ।

पार्टीले भनेको छ, ‘सतहमा हेर्दा भदौ २३ र २४ गतेको घटना अकल्पनीय जस्तो लागे पनि माथि उल्लेखित विकृति विसंगतिमा ३५–३६ वर्षदेखि नेपालको राजनीतिमा नेतृत्व गर्दै आएका मुख्य राजनीतिक दल र तिनका नेताहरूको संलग्नताका कारण नेपाली समाजमा उत्पन्न चरम निराशाले यस्तो भयानक विद्रोहको स्वरूप ग्रहण गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीको ठहर छ ।’

राप्रपाले आमनिर्वाचन अगावै परम्परागत शक्तिको प्रतिनिधि राजा, राजनीतिक दल र जेनजीबीच नवीन समझदारीको बाटोबाट राष्ट्रिय सहमति निर्माण गर्नुपर्नेमा जोड दिएको छ । यसका सम्बन्धमा तत्काल सार्थक पहल र संवादका लागि सम्बद्ध सबै राजनीतिक दल र वर्तमान सरकारलाई आह्वान गरिएको छ । राजसंस्था पुनस्र्थापनको सन्दर्भमा राप्रपाले आफूलाई जनमतसंग्रहको विपक्षमा उभ्याएको छ ।

अब यही असफल संविधान र संवैधानिक व्यवस्थाबाट मुलुकलाई जबरजस्त अगाडि बढाउने कोसिस गर्नु, राजनीतिक समस्याको समाधान नगरीकन र जेनजीको माग सम्बोधन नगरी आमनिर्वाचनमा जाँदा मुलुक थप द्वन्द्वमा धकेलिने राप्रपाको धारणा छ ।

राप्रपाले भनेको छ, ‘राप्रपाको परिकल्पनाको राजसंस्था पूर्ण संवैधानिक राजसंस्था हो र यो संस्थाको पुनस्र्थापना जनमत संग्रह वा कुनै रक्तपातको बाटोबाट होइन राष्ट्रिय सहमतिको बाटोबाट हुनुपर्दछ । हाम्रो परिकल्पनाको राजा राप्रपाको मात्र राजा होइन देशको साझा संस्था हुनेछ । त्यसैले यस्तो साझा संस्था अल्पमत वा बहुमतबाट स्थापित हुने होइन सहमतिबाट हुनुपर्दछ भन्ने राप्रपाको मान्यता छ ।’


यो समाचारमा

काठमाडौँराष्ट्रिय प्रजातन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...