नवनियुक्त वनमन्त्री माधव चौलागाईंले भने : कर्णाली उठ्यो भने देश पनि उठ्छ

Author

सजिलो पत्रिका

२०८२ मंसिर २६, शुक्रबार

23
Share
Featured
  • माधव चौलागाईंले वन तथा वातावरण मन्त्रालयको पदभार ग्रहण गरे र राष्ट्रपति तथा प्रधानमन्त्रीबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।
  • उनले कर्णालीमा घोषणा गरिएको नयाँ राष्ट्रिय निकुञ्जलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने र कार्यालय स्थापना गरी नियमित रूपमा सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे।
  • मन्त्री चौलागाईंले कर्णाली प्रदेशको विकास र गतिशीलतामा जेनजी आन्दोलनको योगदान महत्वपुर्ण रहेको उल्लेख गर्दै प्रदेशस्तरका चुनौती समाधानमा गम्भीर पहल गर्ने बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नवनियुक्त वन तथा वातावरणमन्त्री माधव चौलागाईंले शुक्रबार पद तथा गोपनीयताको शपथग्रहणपछि औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहण समारोहमा बोल्दै मन्त्री चौलागाईंले सरकारले ‘जेनजी आन्दोलन’ लाई संस्थागत गरिसकेको उल्लेख गर्दै कर्णालीमा घोषणा गरिएको नयाँ राष्ट्रिय निकुञ्जलाई प्रभावकारी रूपमा सञ्चालन गरिने बताए ।

उनले उक्त राष्ट्रिय निकुञ्जको कार्यालय स्थापना गरी नियमित सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता औँल्याउँदै कर्णाली प्रदेशको विकास र गतिशीलतामा जेनजी आन्दोलनको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे ।

मन्त्री चौलागाईंले भने, ‘कर्णालीको स्प्रिडलाई देशको विकासमा कसरी रूपान्तरण गर्ने भन्नेमा हामीले गम्भीर रूपमा सोच्नुपर्छ । जेनजीहरुको परिवर्तनमा ठूलो भूमिका छ । आन्दोलनको अग्रपङ्ति र घाइतेमा पनि कर्णालीका जेनजीहरु बढी छन् । कर्णाली उठ्यो भने देश पनि उठ्छ ।’

उनले प्रदेशस्तरका चुनौती समाधान र राष्ट्रिय निकुञ्ज व्यवस्थापनलाई प्रभावकारी बनाउने प्रतिबद्धता पनि व्यक्त गरे ।

यो समाचारमा

काठमाडौँकर्णाली प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...