जेनजी आन्दोलन सुशीला कार्कीलाई सडकबाट टिपेर सिंहदरबारमा राख्नका लागि थिएन : लिङ्देन

Author

सजिलो पत्रिका

२०८२ मंसिर २३, मङ्गलबार

21
Share
Featured
  • राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जेनजी आन्दोलन केपी ओली हटाउने मात्र नभई देशमा आमूल परिवर्तन, सुशासन र शान्ति स्थायित्व सुनिश्चित गर्ने उद्देश्यले भएको बताए।
  • उनले चुनाव मात्र जनताको आक्रोश सम्बोधन गर्न प्रयोग गर्नुपर्ने र मुलुकलाई अगाडि लैजाने भन्ने भ्रम हुन नहुने स्पष्ट पारे।
  • राजा र राजनीतिक दलबीच नयाँ समझदारीको प्रस्ताव हाँसो ठट्टामा उडाइएको र देशको वास्तविक अवस्था सुधार नगरे भाग्नुपर्ने दिन आउने चेतावनी दिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले जेन–जी आन्दोलन “नेपो किड” खड्गप्रसाद शर्मा ओलीलाई हटाउन मात्र होइन देशमा आमूल परिवर्तनको लागि भएको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित राप्रपाको जनप्रदर्शन र सभालाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलन सुशीला कार्कीलाई सिंहदरवार राख्नको लागि मात्र होइन देशमा सुशासन र शान्ति स्थायित्वको सुनिश्चितता गर्नको लागि भएको बताए ।

उनले भने, ‘जनताको आक्रोश केवल त्यसबेलाका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर सुशीला कार्कीलाई सडकबाट टिपेर सिंहदरबार राख्नको लागि मात्र भएको थिएन् । यो व्यवस्थामा नमिलेका कुराहरु परिवर्तन गर्न, देशमा सुशासनको सुनिश्चितता गर्न, शान्ति स्थायित्वको सुनिश्चितता गर्न र देशभित्रै युवाहरुले गरि खाने वातावरण निर्माण गर्नको लागि थियो । आमूल परिवर्तनको लागि त्यो विध्वंश भएको थियो ।’

साथै, उनले कसैले जनताको आक्रोश सम्बोधन गर्न चुनाव गराउने र मुलुकलाई अगाडि लैजाने भन्ने सोचेको छ भने त्यो भ्रम मात्र हुने जिकिर गरे । उनले जेनजी आन्दोलनको मागलाई सम्बोधन गर्ने हिसाबले मात्र निर्वाचनमा जानुपर्ने बताए ।

यस्तै, उनले राजा र राजनीतिक दलहरुका बीचमा एउटा नयाँ समझदारी गरेर अगाडि बढेर देशलाई दुर्घटनाबाट जोगाउ भनेर भन्दा राजनीतिक दलहरुले हाँसो ठट्टामा उडाएको बताए ।

उनले भने, ‘राजा र राजनीतिक दलहरुका बीचमा एउटा नयाँ समझदारी गरेर अगाडि जाउ र देशलाई दुर्घटनाबाट जोगाउ भनेर भन्यौं । तर राजनीतिक दलहरुले हाँसो ठट्टामा उडाए । सोचेको जस्तो देशको अवस्था छैन्, तपाईहरु सच्चिनु हुन्न्, सुध्रिनु हुन्न् भने भाग्नुपर्ने दिन आउछ है भनेर भनेका थियौं । त्यसलाई त झन् मजामा उठाइयो । हामीले कसैलाई रिस गरेर भनेका थिएनौं ।’

यो समाचारमा

जेन–जी आन्दोलन “नेपो किड”सुशीला कार्कीकाठमाडौँसिंहदरवार
खड्गप्रसाद शर्मा ओली6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...