प्रतिनिधि सभा निर्वाचनका लागि कांग्रेसका युवा नेता राना पाल्पाबाट एकल सिफारिस

Author

सजिलो पत्रिका

२०८२ मंसिर २३, मङ्गलबार

29
Share
Featured

काठमाडौँ

नेपाली काँग्रेसका युवा नेता सन्दीप राना प्रतिनिधि सभा निर्वाचनका लागि पाल्पाबाट प्रत्यक्षतर्फ सर्वसम्मत रुपमा एकल सिफारिसमा परेका छन् ।

आसन्न फागुन २१ को निर्वाचनका लागि काँग्रेस पाल्पा क्षेत्र नं १ को क्षेत्रीय कार्यसमितिको बैठकले युवा नेता रानाको नाम प्रत्यक्षतर्फ सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।

क्षेत्रीय सभापति झमनराज रानाको अध्यक्षतामा जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, पालिका सभापति, महाधिवेशन प्रतिनिधि तथा नेपाली काँग्रेसका विभित्र तहमा रहेका नेताहरुको उपस्थितिमा बसेको बैठकले रामपुर नगरपालिका ७ निवासी रानाको नाम एकल सिफारिस गरेको हो ।

राना नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य, महासमिति सदस्य तथा अन्तर्राष्ट्रिय विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष हुन् ।

यो समाचारमा

पाल्पाकाठमाडौँनेपाली काँग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...