एनसेल भवन अनुगमनमा संचारमन्त्री, ग्रामीण भेगमा इन्टरनेट विस्तार गर्न आग्रह

Author

सजिलो पत्रिका

२०८२ मंसिर २२, सोमबार

14
Share
Featured
  • सञ्चार मन्त्री जगदीश खरेलले एनसेलले झण्डै १०० विद्यार्थीका लागि एक करोडभन्दा बढी छात्रवृत्ति दिने निर्णयमा खुशी व्यक्त गरे।
  • उनले छात्रवृत्ति जेनजी आन्दोलनका विद्यार्थीसम्म सजिलै पुग्नुपर्ने र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए।
  • मन्त्री खरेलले ग्रामीण क्षेत्र र एभरेष्ट बेस क्याम्पमा इन्टरनेट पहुँच सुधार र एनसेलसँग सम्बन्धित वित्तीय विवाद छिटो समाधान गर्नुपर्नेमा जोड दिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले एनसेल नेपालले झण्डै एक सय विद्यार्थीहरुका लागि एक करोडभन्दा बढि छात्रवृत्ति अगाडि बढाएकोमा खुशी व्यक्त गरेका छन् ।

जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको एनसेल कार्यालयको सोमबार अनुगमनका क्रममा उनले जेनजी आन्दोलनको जगमा सरकार बनेकाले उनीहरुको लागि केही गर्ने इच्छा रहेको अवस्थामा एनसेलले दिन लागेको छात्रवृत्तिले एकदमै खुशी भएको बताए ।

जेनजीहरु कै लागि भनेर ल्याएको अफर सजिलोसँग कार्यान्वयन हुनुपर्ने र यसलाई जेनजीहरुको पहुँचसम्म पु-याउनुपर्ने पनि उनको भनाई छ ।

उनले भने, ‘जेनजी आन्दोलनको जगमा यसरकार बनेको र नागरिक सरकार भएको कारणले गर्दा एनसेलले खास गरेर जेनजीहरुको लागि केही गरोस भन्ने चाहना थियो । सोही अनुरुप एनसेलले झण्डै एक सय विद्यार्थीहरुको लागि विभिन्न देशबाट प्रतिस्पर्धा गराएर एक करोडभन्दा बढि जुन छात्रवृत्तिको काम अगाडि बढाएकोमा खुशी लागेको छ । यस्तो कदमका लागि धन्यवाद भन्न चाहन्छु । जेनजीहरु कै लागि भनेर जुन अफर ल्याउनु भएको छ, त्यो अफर सजिलोसँग कार्यान्वयन होस । यसलाई जेनजीहरुको पहुँचसम्म पु-याउनुपर्ने अवस्था छ ।’

यस्तै, उनले छात्रवृत्ति दिने घोषणा हामीसम्म मात्र सिमित रह्यो अगाडि बढेन भने राम्रो नहुने भन्दै यसलाई जेनजीहरुसम्म प्रभावकारी रुपमा पु¥याउनुपर्ने बताए ।

उनले एभरेष्ट बेस क्याम्प अधिकांश पर्यटक जाने ठाँउ भएको हुनाले त्यो ठाँउमा इन्टरनेटको सहज सुविधा पु-याउनु पर्ने भन्दै त्यसको साथै ग्रामीण क्षेत्रहरुमा पनि इन्टरनेट पु-याउनुपर्ने बताए ।

बाहिर एनसेलले पैसा खाएको भन्ने कुरा जुन छ त्यसलाई छिटोभन्दा छिटो समाधान गर्नुपर्ने पनि उनको भनाई छ ।

यो समाचारमा

जगदीश खरेलएनसेल नेपालकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...