गगन थापामाथि छानविन गर्न खगेन्द्र सुनारको माग

Author

सजिलो पत्रिका

२०८२ मंसिर २१, आइतबार

9
Share
Featured
  • राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष खगेन्द्र सुनारले भदौ २३–२४ को जेनजी आन्दोलनमा कांग्रेसका गगन थापाले पार्टी कार्यालयदेखि नेताको घर जलाउने नेतृत्व गरेको आरोप लगाए।
  • सुनारले रवि लामिछानेविरुद्ध कांग्रेस र एमालेले राजनीतिक प्रतिशोध लिएका उल्लेख गर्दै उनलाई फसाइएको बताए।
  • उनी कारागार पुगेका बेला रवि लामिछानेमाथि भएको राजनीतिक हिंसाविरुद्ध उभिन र नयाँ दर्ता भएका पार्टीहरूबीच एकता कायम गर्ने विषयमा छलफल गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा कांग्रेसका पार्टी कार्यालयदेखि नेताको घर जलाउने नेतृत्व गगन थापाले गरेको आरोप लगाएका छन् । 

आइतबार नख्खु कारागार पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनल जेनजी आन्दोलमा कांग्रेका पार्टी कार्यालयदेखि नेताको घर जलाउने नेतृत्व गगन थापाले गरेको आरोप लगाउँदै उनीमाथि छानविन गर्नुपर्ने बताए । 

उनले भने,‘रवि लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध राखेर गगन थापा, शेरबहादुर देउवा, आरजु राणालगायतले स्क्रिप्ट लेखेर फसाएका हुन् । जेननी आन्दोलनमा पनि कांग्रेसको पार्टी कार्यालयदेखि नेताहरुको घर जलाउनेसम्मको नेतृत्व गगन थापाले गरेका हुन् । उनीमाथि छानविन हुनुपर्छ । आरजु राणालाई झापड हान्ने केटाहरु पनि गगन थापाका हुन् । दलित समूदायमा भाइहरु हुन् । तीनिहरुले गगनले भनेका कारण झापड हानेका हौं भनेका छन् । आज बचाइदिनुपर्यो पनि भनेका छन् ।’ 

त्यस्तै उनले रवि लामिछानेलाई विशेषगरी नेपाली काँग्रेसनेपाल कम्युनिष्ट पार्टी (एमाले) मिलेर प्रतिशोधको आधारमा फसाएको बताए । 

‘भेटमा रवि लामिछानेमाथि विशेषगरी कांग्रेस र एमाले मिलेर जुन खालको प्रतिशोध साँधेर उहाँमाथि अत्याचार भएको छ ,त्यसका विरुद्धमा एकचोटी उभिुपर्छ भनेर कारागार पुगेको हुँ । उनीमाथि भएको राजनीतिक हिंसा र बद्ला भएको छ । त्यसको विपक्षमा उभिन यहाँ आएको हुँ,’ उनले भने । 

त्यस्तै उनले रवि लामिछाने अहिलेको अवस्थामा देश र जनताको लागि चाहिएको होनाहार व्यक्ति भएको भन्दै आफूलाई थुनेर रविलाई छोड्न मिल्ने भए थुनिन तयार रहेको बताए । 

भेटमा दर्ता भएका नयाँ सबै पार्टीहरुबीचको एकतालाई लिएर जाने विषयमा लामिछानेको बुझाई र भनाई के छ भन्ने विषयमा कु्राकानी भएको बताए । 

यो समाचारमा

नेपाली काँग्रेसराष्ट्रिय स्वतन्त्र पार्टीरवि लामिछानेगगन थापा
काठमाडौँ5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...