विदेशस्थित नेपालीलाई मताधिकार दिन १० देशका ६० विद्यार्थी समूहको माग

Author

सजिलो पत्रिका

२०८२ मंसिर २१, आइतबार

26
Share
Featured
  • १० देशका करिब ६० नेपाली विद्यार्थी समूहले विदेशस्थित नेपालीहरूलाई आगामी निर्वाचनमा मताधिकार सुनिश्चित गर्न सरकारसमक्ष औपचारिक माग प्रस्तुत गरे।
  • उनीहरूले डिजिटल मतदान प्रणाली, प्रत्यक्ष–समानुपातिक दुवैमा मतदान अधिकार, र कार्ययोजना तत्काल कार्यान्वयन गर्ने माग राखे।
  • ‘आई–भोटिङ’ प्रणाली राष्ट्रिय परिचयपत्रसँग सजिलै एकीकृत गर्न सकिने भन्दै तीन महिनादेखि ठोस पहल नदेखिएकोमा चिन्ता व्यक्त गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

विभिन्न १० देशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको करिब ६० समूहले विदेशस्थित नेपाली नागरिकलाई आगामी निर्वाचनमा मतदान अधिकार सुनिश्चित गर्न सरकारसमक्ष औपचारिक माग गरेका छन् । संयुक्त राज्य अमेरिका,युनाइटेड किंगडम,क्यानडा, अष्ट्रेलिया, चीन, जापान, भारत, बंगलादेश, हङकङ र फ्रान्सलगायतका देशमा रहेका समूहले उक्त माग गरेका हुन् । 

नव युग, आइआरडी इन्सुलिएमेन, डिजिटल दस्तख, जेनजी मुभमेन्ट अलाइन्स, मुस्लिम जेनजी नेपाललगायत विद्यार्थी समूहले प्रधानमन्त्री, राष्ट्रपति र प्रमुख निर्वाचन आयुक्तलाई संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका छन् ।

विद्यार्थी समूहले विदेशमा रहेका नेपाली—विशेषगरी प्रवासी श्रमिक र विद्यार्थीलाई निर्वाचन प्रक्रियामा सहभागी गराउन तत्काल कदम चाल्न आग्रह गरेका छन् ।

मुख्य मागहरू

१. डिजिटल मतदान प्रणाली

राष्ट्रिय परिचयपत्र वा राहदानीमार्फत एकीकृत प्रमाणीकरण

नागरिकता सम्बन्धी स्वयं घोषणा र डिजिटल बयान

डिजिटल रसिद र भोट सत्यापन प्रणाली

२. पूर्ण मतदान अधिकार

प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचनमा सहभागी हुने व्यवस्था

३. तत्काल कार्यान्वयन

यसै महिनाभित्र स्पष्ट कार्ययोजना सार्वजनिक गर्ने

किन डिजिटल मतदान?

विद्यार्थी समूहले नीति अनुसन्धान प्रतिष्ठान र नेपाल पोलिसी इन्स्टिच्युटले बाह्य मतदानका लागि ‘आई–भोटिङ’ प्रभावकारी विकल्प भएको सिफारिस गरिसकेको उल्लेख गर्दै, यसलाई विद्यमान राष्ट्रिय परिचयपत्र प्रणालीसँग सजिलै एकीकृत गर्न सकिने बताएका छन् ।

अन्तरिम सरकारले विदेशस्थित नागरिकलाई मताधिकार दिने प्रतिबद्धता जनाएपछि तीन महिना बितिसक्दा पनि ठोस कार्ययोजना नआएकोप्रति विद्यार्थीहरूले चिन्ता व्यक्त गरेका छन् ।

उनीहरूले निर्वाचन आयोगलाई आवश्यक प्राविधिक पूर्वाधार शीघ्र विकास गर्न, र आयोगमा रिक्त पदमा दक्ष र निष्पक्ष जनशक्ति नियुक्त गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

यो समाचारमा

युनाइटेड किंगडमक्यानडाभारतफ्रान्स
काठमाडौँ9 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...