मधेश प्रदेशको नयाँ सत्ता समीकरणले मुलुकमै नयाँ राजनीतिक समीकरण हुनसक्छ : प्रचण्ड

Author

सजिलो पत्रिका

२०८२ मंसिर २०, शनिबार

25
Share
Featured
  • नेकपा संयोजक प्रचण्डले मधेश प्रदेशमा बनेको नयाँ सत्ता समीकरणले मुलुकमा नयाँ राजनीतिक समीकरणको सुरुआत भएको बताए र मधेशी जनतालाई समाजवादी आन्दोलनमा अग्रणी रहने विश्वास व्यक्त गरे।
  • पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाली कम्युनिष्ट पार्टी समाजवादी लोकतन्त्र स्थापना गर्न अग्रपंक्तिमा रहेको र गरिव, सीमान्तकृत समुदायको हितमा लड्ने बताए।
  • सह–संयोजक माधव कुमार नेपालले समाजवादी व्यवस्था छिट्टै स्थापित हुने र जेनजी, युवा, महिला तथा वृद्ध सबैलाई पार्टीमा समावेश हुँदै विश्वास गर्न आग्रह गरे; सभामा सयौं नेता–कार्यकर्ता सहभागी भए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेश प्रदेशमा हालै बनेको नयाँ सत्ता समीकरणले मुलुकमै नयाँ राजनीतिक समीकरण निर्माण हुनेसक्ने संकेत गरेका छन् । 

शनिबार जनकपुरधाममा आयोजित एकता सन्देश सभामा बोल्दै संयोजक प्रचण्डले नेकपा र मधेशवादी दलसहितको समर्थन नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन हुनुले परम्परागत समिकरणको अन्त्य भई नयाँ राजनीतिक समीकरणको शुरुवात भएको बताए ।

मुलुकको हरेक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेका मधेशी जनताले समाजवादी आन्दोलनको समेत नेतृत्व गर्ने विश्वास व्यक्त गर्दै प्रचण्डले जनकपुरधामको सभामा उपस्थित भीडले मधेश नेकपा एकता प्रक्रियालाई अनुमोदन गरेको  बताए ।

उनले नेपाली जनतामा रहेको वर्षौदेखिको पीडा र विभेद अन्त्य गर्दै आत्मनिर्णयको अधिकारलाई साकार गर्न विभिन्न पार्टीमा छरिएर रहेका कम्युनिष्ट र समाजवादीहरु एक भएर नेपाली कम्युनिष्ट पार्टीको स्थापना भएको बताए ।

कृषि क्रान्ति विना मधेशका साथै समग्र देशकै समृद्धि सम्भव नरहेको र दुखका साथ वैदेशिक रोजगारी जान बाध्य युवाहरुलाई मुलुकमा रोक्न नसक्नेभएकाले अवको क्रान्ति कृषि क्रान्तिको लागि हुनु पर्ने बताए ।

त्यस्तै एकता सभामा बोल्दै नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी लोकतन्त्रको स्थापनका लागि नेपाली कम्युनिष्ट पार्टीको स्थापना भएको धारणा राखे ।

नेता खनालले २०६२÷६३को जनआन्दोलनले पूजिवादी लोकतन्त्रको स्थापना गरेकोले वर्तमान व्यवस्थाबाट गरिव, सीमान्तकृत समुदाय झन उपेक्षित हुँदै गएको बताए ।

उनले पूजिवादी लोकतन्त्रलाई समाजवादी लोकतन्त्रमा परिणत गराउन नेपाली कम्युनिष्ट पार्टी अग्रपक्तिमा रहेको दावी समेत गरे । मुलुकमा व्याप्त विभेद, उत्पीडनको अन्त्य गर्दै समाजवादी लोकतन्त्र स्थापनाको निमित्त नेपाली कम्युनिष्ट पार्टी सदैब लडि रहने बताए ।

एकता सभामा बोल्दै नेपाली कम्युनिष्ट पार्टीका सह संयोजक एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले नेपालमा समाजवाद छिट्टै आउने र डंका बजाएरै आउने उल्लेख गरे ।

उनले राष्ट्रका लागि पूजिवादी अर्थव्यवस्था वा साम्यवादी अर्थव्यवस्था उपयुक्त नरहेकाले समाजवादी व्यवस्थाको स्थापनाको लागि नेपाली कम्युनिष्ट पार्टीको स्थापना भएको बताए ।

व्याप्त भ्रष्टाचार र बेथितीका कारण मुलुकमा जेनजी विद्रोह भएको उल्लेख गर्दै सह संयोजक नेपालले जेनजीहरुको जायज मांगलाई यथाशिघ्र सम्बोधन नगरिए पुनः अर्को विद्रोह हुन सक्ने बताए ।

उनले जेनजीको भरोसाको केन्द्र नै नेकपा बनेको दावी गर्दै देशभरिका जेनजी युवाहरु नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुँदै गएको बताए ।

उनले जेनजी जस्तै युवा, वृद्ध र महिला सबैलाई नेकपाप्रति विश्वास गर्न आग्रह समेत गरे ।

एकता सभामा विभिन्न पार्टी परित्याग गरी सयौं नेता, कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा सहभागी भएका थिए ।

यो समाचारमा

नेपाली कम्युनिष्ट पार्टीकाठमाडौँमधेश प्रदेशपुष्पकमल दाहाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...