अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

Author

सजिलो पत्रिका

२०८२ मंसिर १८, बिहिबार

20
Share
Featured

काठमाडौँ

झापा, मेचीनगर नगरपालिका-६ काँकरभिट्टाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ, राप्ती गाउँपालिका-७ बस्ने २९ वर्षीय बेगम बहादुर खत्री र मोरङ, रङ्गेली नगरपालिका-३ बस्ने भोजपुर घर भएका २१ वर्षीय डम्बर बहादुर रोक्का रहेका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी झापा, मेचीनगर नगरपालिका-१० शान्ति टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय अभिषेक चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी झापा, बिर्तामोड नगरपालिका-३ बिराटपोखरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय १ मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ बस्ने ३१ वर्षीय सुनिल माझी र ३१ वर्षीय धनन्जय राजवंशी रहेका छन् । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

दार्चुला, शैल्यशिखर नगरपालिका-२ गोकुलेश्वरबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १ किलो ९ सय ७५ ग्राम सहित नौगाड गाउँपालिका-६ रैचु बस्ने ४७ वर्षीय मान सिंह धामीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बाँके, कोहलपुर नगरपालिका-११ लोकनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय महेश थारू र २४ वर्षीय राज कुमार थारू रहेका छन् । प्रहरी बिट कौशिलानगरबाट खटिएको प्रहरीले महेशको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

उदयपुर, चौदण्डीगढी नगरपालिका-३ पैतालिस चोकबाट अवैध लागूऔषध गाँजा ५ किलो १ सय ग्राम सहित सप्तरी कञ्चनरुप नगरपालिका-९ बस्ने २४ वर्षीय शिवशंकर रामलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेल्टार समेतबाट खटिएको प्रहरीले रामपुरबाट कन्चनपुरतर्फ जाँदै गरेको प्र.२-०१-००३ प २९३५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-२ बैयाबेहडीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय सौगात चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो समाचारमा

दार्चुलामेचीनगर नगरपालिकाझापाकाठमाडौँ
मोरङ19 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...