पाइलट हिरासतमा परेपछि बुद्ध एयरले बनायो छानबिन समिति

Author

सजिलो पत्रिका

२०८३ साउन ०१, शुक्रबार

6
Share
Featured
  • पाइलट हिरासतमा परेपछि बुद्ध एयरले आन्तरिक छानबिन समिति गठन गरेको छ।
  • कम्पनीका अनुसार घटना पाइलटको व्यक्तिगत पारिवारिक विवादसँग सम्बन्धित छ।
  • छानबिनको निष्कर्षपछि मात्र विस्तृत विवरण सार्वजनिक गरिने बुद्ध एयरले जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौं । बुद्ध एयर ले आफ्ना एक पाइलट प्रहरी हिरासतमा रहेको विषयमा सत्यतथ्य बुझ्न आन्तरिक छानबिन समिति गठन गरेको छ। विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पाइलट पक्राउ परेको समाचार सार्वजनिक भएपछि कम्पनीले शुक्रबार विज्ञप्ति जारी गर्दै यसबारे ध्यानाकर्षण भएको जनाएको हो।

कम्पनीका अनुसार उक्त घटना पाइलटको व्यक्तिगत पारिवारिक विवाद र झैझगडासँग सम्बन्धित रहेको जानकारी प्राप्त भएको छ। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै बुद्ध एयरले आन्तरिक अनुसन्धान प्रक्रिया अघि बढाएको र छानबिनको निष्कर्ष आएपछि मात्र विस्तृत विवरण सार्वजनिक गर्ने जनाएको छ। यात्रु सुरक्षा र सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै कम्पनीले तथ्यपरक छानबिनपछि आवश्यक कदम चालिने प्रतिबद्धता व्यक्त गरेको छ। 

यो समाचारमा

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...