मकवानपुर जेन–जी संयोजक सुविन खत्रीद्वारा सम्पूर्ण जेन–जीलाई सम्पर्कमा आउन आह्वान

Author

सजिलो पत्रिका

२०८२ मंसिर १८, बिहिबार

18
Share
Featured
  • मकवानपुर जेन–जी संयोजक सुविन खत्रीले भदौ २३–२४ को आन्दोलनमा सहभागी सबै युवालाई तत्काल सम्पर्कमा आउन आह्वान गर्दै आन्दोलन एकजुट भएर अघि बढाउन आग्रह गरेका छन्।
  • प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था, प्रभावकारी भ्रष्टाचार नियन्त्रण र प्रदेश संरचना पुनर्संरचनासहितका मागलाई बदनाम गर्ने तत्व सक्रिय भएकाले जेन–जी पुस्ता संगठित हुन आवश्यक रहेको उनले बताएका छन्।
  • आन्दोलनमा सहभागीहरूलाई अनावश्यक पक्राउ र कुटपिट बढ्दै गएको उल्लेख गर्दै उनले यस परिस्थितिमा आन्दोलनको औचित्य सुरक्षित गर्न एकता अपरिहार्य भएको बताएका छन्।
  • अन्तरिम सरकारबाट माग सम्बोधनको स्पष्ट संकेत नदेखिएकाले दबाब निरन्तर राख्न र राष्ट्रिय स्तरमा प्रभावकारी उपस्थिति जनाउन सबै मकवानपुरका युवालाई एकताबद्ध हुन उनले अपिल गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


जेन–जी आन्दोलन “नेपो किड”मा सक्रिय भूमिका खेल्दै आएका मकवानपुर जेन–जी संयोजक सुविन खत्रीले भदै २३ र २४ गते देशभर भएको जेन–जी आन्दोलनमा सहभागी मकवानपुरका सबै युवालाई तत्काल सम्पर्कमा आउन आह्वान गरेका छन् ।

जारी विज्ञप्तिमार्फत खत्रीले प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था, प्रभावकारी भ्रष्टाचार नियन्त्रण तथा प्रदेश संरचनाको आवश्यकताअनुसार पुनर्संरचना लगायतका मूल मागलाई बदनाम गर्न विभिन्न तत्व सक्रिय भएपछि जेन–जी पुस्ता एकजुट भएर अघि बढ्नु आवश्यक भएको बताएका छन् ।

खत्रीले आन्दोलनका सहभागीहरूलाई अनावश्यक रूपमा पक्राउ र कुटपिटजस्ता गतिविधि बढिरहेको उल्लेख गर्दै यस परिस्थितिमा सम्पूर्ण जेन–जी एकताबद्ध भई आन्दोलनको औचित्य र उद्देश्यलाई थप सशक्त बनाउन आग्रह गरेका छन् ।

उनले अहिलेको अन्तरिम सरकार नेतृत्वकर्ताहरूबाट जेन–जीहरुको माग सम्बोधन गर्ने कुनै स्पष्ट संकेत नदेखिएकाले दबाब जारी राख्न सभी मकवानपुर जेन–जीहरूलाई संगठित भएर सम्पर्कमा आउन अपिल गरेका हुन् ।

‘जेन–जी पुस्ताको भोलि सुरक्षित बनाउने लक्ष्यसहित अघि बढेको आन्दोलनलाई कमजोर पार्न प्रयास भइरहेको छ । त्यसैले सबै जेन–जी एक ठाउँमा उभिनु आजको अपरिहार्य आवश्यकता हो,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संयोजक खत्रीले माग सम्बोधनका लागि आवश्यक राष्ट्रिय दबाब सिर्जना गर्न मकवानपुरका प्रत्येक जेन–जी युवाले आन्दोलनको सकारात्मक ऊर्जा जोगाउँदै एकताबद्ध हुनुपर्ने पुनः जोड दिएका छन् ।

यो समाचारमा

काठमाडौँमकवानपुरजेन–जी आन्दोलन “नेपो किड”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...