सर्लाहीमा प्रादेशिक अस्पताल व्यवस्थापन समितिको मनोनयन असंवैधानिक भन्दै टायर बालेर प्रदर्शन

Author

सजिलो पत्रिका

२०८२ मंसिर १८, बिहिबार

20
Share
Featured
  • सर्वोच्च अदालतको नीतिगत निर्णय नगर्न गरेको आदेश उल्लंघन गर्दै निवर्तमान मुख्यमन्त्री सरोज कुमार यादवद्वारा प्रादेशिक अस्पताल व्यवस्थापन समितिमा गरिएको नयाँ मनोनयन असंवैधानिक भन्दै मलंगवामा टायर बालेर विरोध गरिएको छ।
  • प्रदर्शनकारीहरूले मनोनयन तत्काल खारेज गर्न माग गर्दै अस्पताल अगाडि नाराबाजी गरे, समितिले अदालतको आदेशको प्रत्यक्ष उल्लंघन भएको आरोप लगाएको छ।
  • विश्वासको मत नपाउने निश्चित भएपछि मुख्यमन्त्री यादवले राजीनामा दिएकै दिनअघि विवादित मनोनयन गरेको बताइएका कारण आन्दोलन अझ कडा बनाउने चेतावनी दिइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सर्वोच्च अदालतले प्रदेश सरकारलाई दीर्घकालीन तथा नीतिगत स्वरूपका निर्णय नगर्न स्पष्ट आदेश दिएपनि निवर्तमान मुख्यमन्त्री सरोज कुमार यादवले सर्लाहीको सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पताल व्यवस्थापन समितिमा गरिएको नयाँ मनोनयन असंवैधानिक भएको भन्दै टायर बालेर विरोध प्रदर्शन गरिएको छ ।

मलंगवा नगर संरक्षण तथा सुधार समितिले बुधबार बिहान प्रादेशिक अस्पताल नजिकैको बालमन्दिर चौकमा टायर बालेर बिरोध प्रदर्शन गरेको हो । प्रदर्शन बालमन्दिर चौकबाट टायर बाल्दै सुरु भएको थियो ।

त्यसपछि प्रदर्शनकारीहरूको समूहले अस्पतालको प्रशासनिक भवन अगाडि पुगेर नाराबाजी गर्दै विवादित मनोनयन तत्काल खारेज गर्न माग गरेको थियो । समितिले सरकारको कदमले सर्वोच्च अदालतको आदेशको प्रत्यक्ष उल्लंघन गरेको आरोप लगाएको छ ।

समितिका पदाधिकारी चन्दन सिंह राजपुतका अनुसार ‘अदालतले निर्णय नदिन भनेको अवस्थामा यस्तो मनोनयन गर्नु पूर्ण रूपमा गैरसंवैधानिक हो । नियुक्त व्यक्तिहरूले पदभार ग्रहण गर्नु हुँदैन, र हामीले नगराउन चाहन्छौँ,’ भन्दै उनले मनोनयन नहटाए आन्दोलनलाई थप कडा बनाउने चेतावनी दिए ।

निबर्तमान मुख्यमन्त्रि यादवले विश्वासको मत नपाउने निश्चित भएपछि बुधबार दिउँसो राजीनामा दिएका थिए । निवर्तमान मुख्यमन्त्री यादवले राजीनामा दिनुभन्दा अघिल्लो दिन प्रादेशिक अस्पताल मलंगवाको व्यवस्थापन समितिको मनोनयन गरेको बताइएको छ ।

यो समाचारमा

सर्लाहीसर्वोच्च अदालतकाठमाडौँसरोज कुमार यादव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...