प्रधानमन्त्रीसँग बुढीगण्डकी जलविद्युत परियोजना प्रभावित क्षेत्रका जनप्रतिनिधिहरुको भेट

Author

सजिलो पत्रिका

२०८२ मंसिर १७, बुधबार

24
Share
Featured
  • गोर्खा र धादिङका प्रभावित क्षेत्रका जनप्रतिनिधि तथा पूर्व प्रतिनिधिहरुले प्रधानमन्त्री शुसीला कार्की र अर्थमन्त्री रामेश्वर खनालसँग भेट गरी बुढीगण्डकी जलविद्युत परियोजना छिटो सुरु गर्न माग राखेका छन्।
  • नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईका अनुसार, परियोजना अलपत्र भएकाले उक्त क्षेत्रका जनता असाध्यै प्रभावित भएको अवस्था छ।
  • भेटमा प्रभावित क्षेत्रका पूर्व जनप्रतिनिधि, हालका जनप्रतिनिधि र सरोकार समाजका प्रतिनिधिहरुले आफ्नो सुझाव र मागहरू प्रस्तुत गरेका थिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बुढीगण्डकी जलविद्युत परियोजना प्रभावित क्षेत्र गोरखाधादिङका जनप्रतिनिधि तथा पूर्व प्रतिनिधिहरुले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन् । 

बुधबार प्रधानमन्त्री कार्यालयमा भएको भेटमा आफूहरुले परियोजना छिटो भन्दा छिटो सुरु गर्न माग राखेको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले जानकारी दिए । 

त्यस्तै, उनले अर्थमन्त्री रामेश्वर खनालसँग पनि आफूहरुले भेट गरेको जानकारी दिए । 

उनले भने, ‘बुढीगण्डकी जलविद्युत परियोजना अलपत्र परेको छ जसले गर्दा गोर्खा र धादिङका प्रभावित क्षेत्रका जनता असाध्यै उद्देलित भएका छन् । त्यसैले त्यहि क्षेत्रका पूर्व जनप्रतिनिधिहरु भएको नाताले दुई वटा क्षेत्रकै जनप्रतिनिधिहरु र सरोकार समाजका प्रतिनिधिहरु सहित आज हामीले प्रधानमन्त्री र अर्थमन्त्रीसँग भेट गरेका छौं । हामीले हाम्रो सुझाव र मागहरु प्रस्तुत गरेका छौं । बुढीगण्डकी जलविद्युत परियोजना छिटो भन्दा छिटो सुरु गर्नुपर्यो भनेर कुरा राखेका छौं ।’

यो समाचारमा

गोरखाबाबुराम भट्टराईरामेश्वर खनालनेपाल समाजवादी पार्टी
सुशीला कार्की6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...