नेपाल र जापान सरकारबीच ऋण सम्झौतामा हस्ताक्षर

Author

सजिलो पत्रिका

२०८२ मंसिर १७, बुधबार

19
Share
Featured
  • नेपाल र जापानबीच कोटेश्वर चोक सुधार योजनाका लागि ३४.५९ अर्ब जापानी येन (करिब रु. ३१.७६ अर्ब) ऋण सम्झौता भएको छ, जसमा १० वर्ष ग्रेस अवधि, ३० वर्ष भुक्तानी अवधि र ०.२% ब्याजदर रहनेछ।
  • परियोजनाअन्तर्गत कोटेश्वर–जडीबुटी क्षेत्रमा अन्डरपास र फ्लाइओभर निर्माण गरिनेछ, जसले उपत्यकाको ट्राफिक जाम उल्लेख्य रूपमा घटाउने अपेक्षा छ।
  • सम्झौतामा दुवै देशका अधिकारीहरूले हस्ताक्षर गर्दै द्विपक्षीय सहकार्यलाई सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाको लागि ऋण सम्झौतामा अर्थमन्त्री रामेश्वर खनालको समुपस्थतिमा आज अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा हस्ताक्षर गरिएको छ।

जापानले उक्त आयोजनाका लागि ३४.५९ अर्व जापानी येन (करिब रु.३१.७६ अर्व) बराबरको ऋण सहायता उपलब्ध गराएको छ। जाइकामार्फत प्राप्त हुने उक्त ऋणको ग्रेस अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष र वार्षिक ०.२ प्रतिशत ब्याजदर रहनेछ।

यस आयोजनाअन्तर्गत कोटेश्वर तथा जडीबुटी खण्डमा अन्डरपास तथा फ्लाइओभर निर्माण गरिनेछ, जसले काठमाडौं, ललितपुर, भक्तपुर तथा वि.पि.राजमार्ग हुँदै चल्ने सवारीसाधनको आवागमन सहज बनाउन तथा ट्राफिक जाम न्यूनीकरण गर्न महत्त्वपूर्ण योगदान पु-याउने अपेक्षा गरिएको छ। आयोजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागमार्फत कार्यान्वयन गरिनेछ।

ऋण सहायतासँग सम्बन्धित  भ्हअजबलनभ या ल्यतभक मा अर्थ सचिव डा. घनश्याम उपाध्याय र महामहिम जापानी राजदूत मायदा  तोरुले हस्ताक्षर गर्नुभयो। त्यस्तै ऋण सम्झौतामा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख सह–सचिव डा. धनीराम शर्मा र जाइका नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी माजुकीले हस्ताक्षर गरे । 

समारोहको शुरुवात सह–सचिव डा. धनीराम शर्माको मन्तव्यबाट भएको थियो। हस्ताक्षरपछि जाइका नेपालका प्रमुख प्रतिनिधि श्री मित्सुजाकी माजुकी, महामहिम राजदूत मायदा तोरु तथा अर्थ मन्त्री श्री रामेश्वर प्रसाद खनालले सम्बोधन गर्दै द्विपक्षीय सहकार्यलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । 

महामहिम जापानी राजदुतले जापानको सहुलियतपूर्ण ऋण सहयोगमा कार्यान्वयन हुने कोटेश्वर चोक सुधार आयोजना कार्यान्वयनबाट उपत्यकाको यातायात व्यवस्थामा उल्लेख्य सुधार हुने विश्वास व्यक्त गर्नुका साथै नेपाल र जापानबीचको दशकौं पूरानो मित्रतापूर्ण सम्बन्धको स्मरण गरे । 

अर्थ मन्त्री खनालले आफ्नो सम्बोधनमा नेपाल–जापान सहकार्यअन्तर्गत काठमाडौं उपत्यकाको महत्वपूर्ण जामयुक्त स्थानको सुधारमा प्रगति ल्याउने उद्देश्यले अघि बढाइएको यो परियोजनाले राजधानीको यातायात व्यवस्थापनमा दीर्घकालीन परिवर्तन ल्याउने विश्वास व्यक्त गरे ।

यो समाचारमा

जापानभक्तपुररामेश्वर खनालनेपाल
ललितपुर5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ आर्थिक वर्षसँगै नयाँ आयकरको व्यवस्था लागु : १० लाखसम्म कमाउनेलाई १५ मात्र कर

    काठमाडौं। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा (थ्रेसहोल्ड) बढाएर सर्वसाधारणलाई ठुलो राहत दिएको छ। आर्थिक ऐन २०८३ अनुसार आजैदेखि लागु हुने गरी व्यक्तिगत आयकरको सीमा बढाउनुका साथै अधिकतम करको दरमा समेत भारी कटौती गरिएको छ। अर्थ मन्त्रालयका अनुसार आम नागरिकको करको बोझ कम गर्ने उद्देश्यले यो नयाँ

    Data is loading...

    Loading brands...

    Loading footer...