एनपीएल : चितवनले टस जितेर जनकपुरविरुद्ध ब्याटिङ गर्दै

Author

सजिलो पत्रिका

२०८२ मंसिर १६, मङ्गलबार

15
Share
Featured
  • एनपीएलमा चितवन राइनोजले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ र टोलीमा दुई परिवर्तन गर्दै अमरसिंह राउटेला र सौगात ढकाललाई समावेश गरेको छ। जनकपुरले पनि अनिल साह र सचिन भट्टलाई ल्याउँदै दुई परिवर्तन गरेको छ।
  • चितवनले ४ खेलमा २ जितसहित ४ अंक जोडेको छ; आज जितेमा प्लेअफ नजिक पुग्नेछ, हार भए बाँकी खेल र अन्य नतिजामा निर्भर रहनुपर्नेछ।
  • लगातार ४ हार बेहोरेको जनकपुरका लागि आजको खेल ‘कर या मर’ जस्तै छ—आज पराजित भएमा प्रतियोगिताबाट बाहिरिनेछ, जितेमा मात्र गणितीय रुपमा प्लेअफको सम्भावना जिवन्त रहनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले टस जितेर पहिले ब्याटिङ गर्दैछ । पहिले ब्याटिङ रोजेको चितवनले आजको खेलका लागि दुई परिवर्तन गरेको छ । दीपक बोहरा र रिजन ढकालको स्थानमा अमरसिंह राउटेला र आइकोनिक खेलाडी सौगात ढकाल खेल्दै छन् ।

चितवन राइनोज भने विदेशी खेलाडीमा बढी डिपेन्डेन्ट देखिएको छ । पहिलो खेल जितेपछि दोस्रो खेल हारेको चितवन तेस्रो खेलमा विजयी भएर चौथो खेलमा फेरि पराजित भएको थियो ।

जनकपुरले पनि आजको खेलका लागि दुई परिवर्तन गरेको छ । ललित राजवंशी र किशोर महतोको स्थानमा अनिल साह र सचिन भट्ट टोलीमा आएका छन् । जनकपुरले अघिल्लो खेलमा कप्तान अनिल साहलाई नै बेन्चमा राखेर दक्षिण अफ्रिका खेलाडी वायन पार्नेललाई कप्तानी दिएको थियो । तर, नतिजा भने परिवर्तन गर्न सकेको थिएन ।

जनकपुरले काठमान्डु गोर्खाज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्ससँग हार बेहोरेको छ । यो खेल जितेर जनकुर गणितीय हिसाबले भए पनि प्लेअफको दौडमा कायम रहन चाहन्छ ।

चितवनले कर्णाली याक्सलाई पहिलो खेलमा हराएपछि लुम्बिनी लायन्ससँग पराजित भएको थियो भने त्यसपछि विराटनगरलाई हराउँदा काठमान्डु गोर्खाजसँग पराजित भयो । चितवनले यसपछि सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्ससँग खेल्न बाँकी छ ।

अर्कोतर्फ ४ खेलमा २ जितसहित ४ अंक जोडेको चितवन आजको खेल जितेमा प्लेअफ पुग्नका लागि सहज अवस्थामा रहनेछ । चितवन पराजित भएमा बाँकी दुवै खेल जितेर अर्को नतिजा हेर्नुपर्ने वा नेटरनरेटको सवाल आउन सक्छ ।

जनकपुरका लागि यस खेल निकै महत्वपूर्ण छ । सुरुवाती ४ खेलमा लगातार हार बेहोरेको जनकपुरले अब बाँकी ३ वटै खेल जितेर पनि अन्य नतिजामा भर पर्नुपर्ने अवस्था छ । आज पराजित भएमा बाहिरिनेछ ।

यो समाचारमा

दक्षिण अफ्रिकाकाठमाडौँनेपाल प्रिमियर लिग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...