महेश बस्नेतको आरोपमा महावीर पुनको व्यंग्य: 'हाँसेरै मर्छु कि क्या हो'

Author

सजिलो पत्रिका

२०८२ मंसिर १६, मङ्गलबार

20
Share
Featured
  • एमाले नेता महेश बस्नेतले ऊर्जामन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर खनालमाथि ५ अर्बको ‘सेटिङ’ गरेको आरोप लगाएका थिए।
  • शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले बस्नेतको आरोपलाई ‘हाँसउठ्दो’ भन्दै व्यंग्यात्मक शैलीमा सामाजिक सञ्जालमार्फत खण्डन गरेका छन्।
  • मन्त्री पुनले आफ्नो टिप्पणीमार्फत एमाले सत्तामा हुँदा भएका काम स्मरण गराउँदै अहिले अरूलाई भ्रष्टाचारको आरोप लगाउनु उचित नभएको संकेत गरेका छन्।
समाचार सारांशGenerated using AI.
काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता महेश बस्नेतले सरकारका मन्त्रीहरूमाथि लगाएको भ्रष्टाचारको आरोपलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले व्यंग्यात्मक शैलीमा प्रतिवाद गरेका छन्। बस्नेतले ऊर्जामन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर खनालमाथि ५ अर्बको ‘सेटिङ’ गरेको गम्भीर आरोप लगाएपछि मन्त्री पुनले सामाजिक सञ्जालमार्फत त्यसको खण्डन गरेका हुन्।

मंगलबार एमाले नेता बस्नेतले ५ हजार मेगावाट विद्युत खरिद सम्झौता (पीपीए) मा ‘टेक अर पे’ प्रावधान राखेर ऊर्जामन्त्री घिसिङ र अर्थमन्त्री खनालले ५ अर्ब रुपैयाँ घोटाला गर्न लागेको आरोप लगाएका थिए। उनले प्रतिमेगावाट १० लाख कमिसन उठाएर चुनावी खर्च जुटाउने र त्यसपछि मन्त्री घिसिङले राजीनामा दिने योजना बनाएको समेत दाबी गरेका थिए।

बस्नेतको यही आरोपलाई मन्त्री पुनले ‘हाँसउठ्दो’ भन्दै टिप्पणी गरेका छन्। बस्नेतको पोस्ट सेयर गर्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, "के के न आफूहरूले साह्रै राम्रो काम गरेर नेपाललाई स्वर्ग जस्तै बनाएको र नेपाललाई अति सम्पन्न तथा भ्रष्टाचारमुक्त बनाए जस्तो कुरा गर्छ बा यो भाइले– म त हाँसेरै मर्छु कि क्या हो।"

आफ्नो टिप्पणीमार्फत मन्त्री पुनले एमाले सत्तामा हुँदा गरेका कामहरूको स्मरण गराउँदै अहिले अरूलाई भ्रष्टाचारको आरोप लगाउनु सुहाउँदो नभएकोतर्फ सङ्केत गरेका छन्।

यो समाचारमा

रामेश्वर खनालकुलमान घिसिङकाठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)
महावीर पुन5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...