नोभेम्बरमा भित्रिए एक लाख १६ हजार पर्यटक, ११ महिनामा १० लाख ६० हजार

Author

सजिलो पत्रिका

२०८२ मंसिर १५, सोमबार १८:३९

29
Share
Featured
  • सन् २०२५ नोभेम्बरमा नेपालमा एक लाख १६ हजार ५५३ विदेशी पर्यटक भित्रिएका छन्, जसमा भारतबाट सबैभन्दा बढी १८ हजार ९९५ पर्यटक आएका छन्।
  • क्षेत्रगत विवरणअनुसार दक्षिण एसियाबाट ३०,८७०, अन्य एसियाली मुलुकबाट २८,६१३, अमेरिका १३,६७८ र युरोपबाट ५,८९१ पर्यटक नेपाल आएका छन्।
  • चालु वर्षको जनवरी–नोभेम्बर अवधिमा कुल १० लाख ६० हजार २६९ पर्यटक नेपाल भ्रमण गरिसकेका छन्, र अक्टोबर महिनामा मात्रै १ लाख २८ हजार ४४३ पर्यटक भित्रिएका थिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


सन् २०२५ को नोभेम्बरमा एक लाख १६ हजार ५५३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार नोभेम्बरमा पर्यटक आगमन वृद्धि भएको देखाएको हो । 

जसमा प्रमुख पर्यटक गन्तव्य मुलुकमा सबैभन्दा बढी भारतबाट १८ हजार ९९५ पर्यटक भित्रिएका छन् । त्यसैगरी क्रमशः संयुक्त राज्य अमेरिकाबाट ११ हजार २५४, चीनबाट ७ हजार ८७१, युनाइटेड किंगडमबाट ७ हजार १८९, बंगलादेशबाट ५ हजार ६५३, अष्ट्रेलियाबाट ५ हजार ३९३, श्रीलंकाबाट ४ हजार ८३१, म्यान्मारबाट ४ हजार ४८४, फ्रान्सबाट ४ हजार २११ र जर्मनीबाट ४ हजार १३४  पर्यटक भित्रिएका हुन् ।

क्षेत्रगत रुपमा दक्षिण एसियाली मुलुकबाट ३० हजार ८७०, एसियाली अन्य मुलुकबाट  २८ हजार ६१३, युरोपबाट ५ हजार ८९१, अमेरिकाबाट १३ हजार ६७८, मध्यपूर्वी मुलुकबाट १ हजार ८०२, अफ्रिका महाद्वीपबाट ४१२ र अन्य मुलुकबाट ६ हजार २६९ पर्यटक भित्रिएको बोर्डले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

२०२५ को पछिल्लो ११ महिना जनवरीदेखि नोभेम्बरसम्म १० लाख ६० हजार २६९

पर्यटक भित्रिएका छन् । यस वर्षको अक्टोबर महिनामा मात्रै एक लाख २८ हजार

४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए । 

यो महिनालाई मुख्य पर्यटकीय याम मानिन्छ । सन् २०२५ को सेप्टेम्बरमा ७८ हजार विदेशी पर्यटक नेपाल भित्रिएका थिए भने अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका थिए ।

यो समाचारमा

फ्रान्सअष्ट्रेलियाचीनसंयुक्त राज्य अमेरिका
बंगलादेश13 more

ट्यागहरू

#श्रीलंका#सार्वजनिक#बंगलादेश#भारत#पर्यटक#जर्मनी#नेपाल#चीन#बेलायत#अष्ट्रेलिया#म्यानमार#नेपाल पर्यटन बोर्ड#अमेरिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    sajilo patrika

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपालपे कार्ड

    भर्खरै

    News Image

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    News Image

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    News Image

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    News Image

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू