जेनजी विद्रोह खेर जाँदैछ, पूराना अनुहारहरु फर्किदैछन् : घनश्याम भुसाल

Author

सजिलो पत्रिका

२०८२ मंसिर १५, सोमबार

22
Share
Featured
  • नेकपा (संयुक्त) को विशेष राष्ट्रिय सम्मेलन आयोजक कमिटीको पहिलो बैठकले जेनजी आन्दोलनका मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै भदौ २४ का तोडफोड तथा आगजनी घटनामा संलग्न दोषीमाथि छानविन र कारबाहीको माग गरेको छ।
  • पार्टीले भदौ २४ को घटनाले नयाँ राजनीतिको बाटो बनाउने आशा गलत साबित भएको तथा पुराना सत्ताधारी पार्टीका अनुहारहरू पुनः फर्किएको जनाउँदै वर्तमान राजनीतिक परिस्थितिमाथि गम्भीर आलोचना गरेको छ।
  • जेनजी आन्दोलनमा गरिएको दमनका लागि तत्कालीन जिम्मेवार व्यक्तिमाथि छानविन र कारबाही गर्न जोडदार माग गर्दै बैठकले ‘वर्तमान ठोस परिस्थिति र पार्टी निर्माण’ प्रस्तावमा विस्तृत छलफल गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)को विशेष राष्ट्रिय सम्मेलन आयोजक कमिटीको पहिलो बैठक सम्पन्न भएको छ । 

मंसिर १४ गते बसेको नेकपा (संयुक्त) को विशेष राष्ट्रिय सम्मेलन, आयोजक कमिटीको पहिलो बैठकले भदौ २३ र २४ गतेको जेन–जी आन्दोलन “नेपो किड”मा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्ने र भदौ २४ गते सरकारी सम्पत्ति र निजी सम्पत्तिमा आगजनी, लुटपाट र तोडफोडमा संलग्नहरूलाई छानविन गरी दोषीमाथि कारवाही गर्न माग गर्ने प्रस्ताव पारित गरेको नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भूसालले जानकारी दिएका छन् । 

साथै, हिजोको राजनीतिलाई परिस्कार गर्न, त्यसका गलत कुरालाई सुधार गर्न र नयाँ राजनीतिको बाटो बनाउनको लागि भदौ २४ गतेको विध्वंश र जेनजीहरुको माग नयाँ पानी ढलो हुन्छ भन्ने आम जनताको विचार गलत साबित भइरहेको पनि उनको भनाई छ । 

उनले जनताको आक्रोस र निराशबाट जुन एउटा बिस्फोट भयो त्यो बिस्फोटबाट मुलुकले केही नपाएको भन्दै पुराना भनिएका ठूला सत्ताधारी पार्टीका तीनै अनुहारहरु जस्ताको त्यस्तै फर्किनु यो कुराको प्रमाण भएको बताए । 

उनले भने, ‘जनताको आक्रोस र निराशबाट जुन एउटा बिस्फोट भयो, त्यो बिस्फोटबाट मुलुकले केही नपाउने देखिदैछ । फेरि पनि तिनै अनुहारहरु, पुराना भनिएका ठूला सत्ताधारी पार्टीका अनुहारहरु जस्ताको त्यस्तै फेरि राजनीतिमा फर्किने संकेत देखिदैछ ।’

उनले ‘वर्तमान ठोस परिस्थिति र पार्टी निर्माण’ शिर्षकको प्रस्तावमाथि बैठकले विस्तृत छलफल गरेको पनि बताए । 

बैठकबाट जेनजीको शान्तिपूर्ण आन्दोलनमा बर्बरतापूर्ण दमन गर्न आदेश दिने तत्कालीन सरकारका जिम्मेवार व्यक्तिहरूमाथि छानविन गरी कारवाही गर्न जोडदार माग गर्ने प्रस्ताव पनि पारित भएको छ ।

यो समाचारमा

घनश्याम भूसालकाठमाडौँजेन–जी आन्दोलन “नेपो किड”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...