हेटौंडा बजार क्षेत्रको सडक विस्तारका विषयमा स्थिति स्पष्ट पार्न जेने–जेडको माग

Author

सजिलो पत्रिका

२०८२ मंसिर १४, आइतबार

20
Share
Featured
  • जेने–जेड पुस्ताले हेटौंडा सडक विस्तारमा प्रभावित सम्पत्तिको उचित मूल्याङ्कन र क्षतिपूर्ति प्रक्रिया स्पष्ट गर्न ज्ञापनपत्र बुझाए।
  • ज्ञापनपत्रमा पारदर्शिता, नागरिकको सहमति, पूर्वसूचना र दर्ता प्रक्रियाको सुनिश्चितता माग गरिएको छ।
  • सडक विस्तारले दीर्घकालीन प्रभाव दिन न्यायोचित प्रक्रिया अपनाउन सम्बन्धित निकायलाई छिटो निष्कर्ष निकाल्न अनुरोध गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


हेटौंडा बजार क्षेत्रको सडक विस्तारका विषयमा स्थिति स्पष्ट पार्न माग गर्दै जेने–जेड पुस्ताले सडक डिभिजन कार्यालय मकवानपुर र जिल्ला प्रशासन कार्यालयमा संयुक्त रूपमा ज्ञापनपत्र बुझाएको छ । 

सडक विस्तारको क्रममा प्रभावित नागरिकको जग्गा, घर तथा सम्पत्तिको उचित मूल्याङ्कन, क्षतिपूर्ति वितरणका आधार र प्रक्रियाबारे उत्पन्न अस्पष्टता एवं अन्योलताले स्थानीय युवाहरूले पहल गर्दै मागपत्र पेस गरेका हुन् ।

युवापुस्ताको तर्फबाट बुझाइएको ज्ञापनपत्रमा सडक विस्तारले प्रभावित हुने सम्पत्ति तथा भू–मूल्यको यथार्थ र न्यूनतम मापदण्ड सार्वजनिक गर्न, क्षतिपूर्ति वितरण प्रक्रिया कसरी र कहिले हुने भन्ने स्पष्ट जानकारी टुङ्गोमा ल्याउन माग गरिएको छ । साथै ‘कस्ले कति पायो, किन पायो, कुन आधारमा पायो’ जस्ता महत्वपूर्ण विवरणहरू सार्वजनिक सूचना मार्फत पारदर्शी रूपमा उपलब्ध गराउन उल्लेख गरिएको छ ।

ज्ञापनपत्रमा क्षतिग्रस्त हुने नागरिकको सहमति, पूर्वसूचना, आवश्यक फारम तथा दर्ता प्रक्रिया सहज र उपलब्ध गराउनुपर्ने मागसमेत राखिएको छ । 

युवापुस्ताले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ, ‘नागरिकको सहमति बिना, पारदर्शी जानकारी बिना, मूल्याङ्कनको आधार बिना सडक विस्तार गर्नु अन्यायपूर्ण व्यवहार हो। हामी पारदर्शिता, न्याय र क्षतिपूर्ति वितरणको स्पष्ट मापदण्ड कार्यान्वयन होस् भनेर यो माग राख्दैछौँ ।’

सडक विस्तारको तयारी तीव्र बन्दै गइरहेका बेला प्रभावित क्षेत्रका नागरिक, व्यवसायी तथा युवाहरू विभिन्न माध्यमबाट आवाज उठाइरहेका छन् । जेने–जेड पुस्ताले न्यायोचित प्रक्रिया सुनिश्चित भए मात्र सडक विस्तारले दीर्घकालीन प्रभावकारी परिणाम दिन सक्ने भएकाले मागलाई संवेदनशील रूपमा लिएर छिटो निष्कर्ष निकाल्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।


यो समाचारमा

मकवानपुरकाठमाडौँहेटौंडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    डेढ घण्टाको अवरोधपछि फेसबुक र इन्स्टाग्राम पुनः सञ्चालनमा

    काठमाडौँ । मेटाका सामाजिक सञ्जाल प्लेटफर्महरू फेसबुक र इन्स्टाग्राम करिब डेढ घण्टाको विश्वव्यापी अवरोधपछि पुनः सञ्चालनमा आएका छन्। आइतबार दिउँसो करिब १:३० बजेदेखि देखिएको प्राविधिक समस्या दिउँसो ३ बजेतिर समाधान भएको हो।नेपालमा विशेषगरी डेस्कटप ब्राउजरबाट फेसबुक लगइन गर्दा प्रयोगकर्ताहरूले ‘Account Temporarily Unavailable’ भन्ने सन्देश देख्नुपरेको थियो। मोबाइल एपमा भने धेरैजसो

    Data is loading...

    Loading brands...

    Loading footer...