रास्वपा र विवेकशील साझाबीच एकता घोषणा, ५ बुँदे सहमतिमा हस्ताक्षर

Author

सजिलो पत्रिका

२०८२ मंसिर १४, आइतबार

21
Share
Featured

काठमाडौँ


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता घोषणा भएको छ । काठमाडौंमा आयोजित एकता घोषणा सभामा दुई दलका नेताहरूले एकीकरणसम्बन्धी सहमतिमा हस्ताक्षर गरेका छन् ।

रास्वपाका तर्फबाट कार्यबाहक सभापति डोल प्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेले हस्ताक्षर गरेका छन् भने विवेकशील साझाकी अध्यक्ष समीक्षा बाँस्कोटा र उपाध्यक्ष प्रकाशचन्द्र परियारबीच हस्ताक्षर भएको हो ।

उनीहरूबीच विभिन्न पाँचवटा बुँदामा सहमति भएको छ ।

यस्ता छन् सहमतिहरु ः

(क) राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक सिद्धान्त र नेतृत्व निःशर्त स्वीकार्दै निष्ठा र मूल्य–मान्यतामा आधारित वैकल्पिक राजनीतिको प्रवद्र्धनमा स्व. उज्वल थापा एवं विवेकशील अभियान’को योगदानलाई दस्तावेजीकरण गरी मान्यता दिने, 

(ख) राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन सम्मका लागि बनाइएको विशेष संयन्त्र ’संघीय नेतृत्व मञ्च’मा विवेकशील साझा पार्टीबाट एकीकरणको प्रक्रियाबाट आउने नेताहरुलाई आपसी समझदारीमा मनोनयन गर्ने मञ्चका सदस्यहरुको वरियता केन्द्रीय समितिको सदस्य सरह विवेकशील साझा पार्टीका सदस्य र सल्लाहकारहरुलाई केन्द्रीय, प्रादेशिक र स्थानीय तहगत संरचनामा समुचित समायोजन गरि जिम्मेवारी तोक्दा योग्यता, समावेशिताको सिद्धान्त र सार्वजनिक छविलाई आधार मान्ने,

(ग) एकीकरण पश्चात् दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी’, दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा निलो रङ्गको घण्टीको आकृति र दलको चिन्ह ’घण्टी’ रहने,

(घ) एकीकरण सम्बन्धी निर्वाचन आयोग सम्बद्ध कानूनी प्रक्रिया पूरा गर्न राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबाट आवश्यक दस्तावेजहरु तयार गर्दै पार्टीका नाममा रहेका चल–अचल सम्पत्तिको व्यवस्थापन आपसी समझदारीमा शीघ्र सम्पन्न गर्ने,

(ङ) राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ’घण्टी’ मा गोलबद्ध भइ लोकतान्त्रिक सुशासन र समुन्नतिका मुद्धा अघि बढाउन अन्य सबै सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरुलाई आव्हान गर्ने ।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँस्वर्णिम वाग्लेडोल प्रसाद अर्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...