बाजुराका एक बालक धनगढीबाट बेपत्ता, खोजीकार्यका लागी आग्रह

Author

सजिलो पत्रिका

२०८२ मंसिर १२, शुक्रबार

130
Share2
Featured
  • बाजुराका १६ वर्षीय लोकराज जैशी धनगढीबाट बेपत्ता भएका छन्, उनी बुढिनन्दा नगरपालिका वडा ७ स्यालकाटियाका हुन्।
  • अध्ययनको सिलसिलामा धनगढी बस्दै आएका जैशी मंसिर ९ गते मध्यान्ह १२ बजे कोठाबाट निस्किएका र त्यसदेखि फेला परेका छैनन्।
  • उनी धनगढीको पन्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययरत थिए र खोजीकार्य भइरहेको भए पनि अहिलेसम्म भेटिएको छैन।
  • आफन्तले खोजीमा सहयोग गर्न सबैसँग अपिल गर्दै, भेटिए सम्पर्कका लागि ९७६८४९२४००, ९७६६९७०८२१२ र ९७६६५५८७६५ नम्बरमा सम्पर्क गर्न भनेका छन्, साथै जिल्ला प्रहरी कार्यालय धनगढी कैलालीलाई जानकारी दिइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


बाजुराका एक बालक धनगढीबाट बेपत्ता भएका छन्। बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर ७ स्यालकाटियाका अन्दाजी १६ वर्षीय लोकराज जैशी बेपत्ता भएका हुन् ।

अध्यनको सिलसिलामा प्रदेश राजधानी धनगढी बस्दै आएका जैशी धनगढी उपमहानगरपालिका १ शिवनगर बस्दै आएकोमा गत मंसिर ९ गते मध्यान्ह १२ बजे कोठाबाट निस्किएका थिए। कोठाबाट निस्किएको दिनदेखि उनी बेपत्ता छन्। 

उनी धनगढी स्थिति पन्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययरत थिए । उनको खोजीकार्य भैरहेको भएपनी कुनै अत्तोपत्तो छैन । हराएको दिन देखि खोजिरहेको भए पनि फेला नपरेको वेपत्ताका आफन्त महेश जैशीले बताए । 

उनका अनुसार वेपत्ता बालकको खोजीको लागी प्रहरी समक्ष निवेदन सहित खोजतलासको लागी आग्रह गरिएको समेत बताए । साथै जो कोहीले  पनि खोजी गरिदिन हुन आग्रह गरेका छन्।

बेपत्ता जोशीलाई कोही कसैले भेटाएमा सम्पर्क नम्बर ९७६८४९२४००,९७६६९७०८२१२ र ९७६६५५८७६५ सम्पर्क गरि सहयोग गरिदिन हुन  आफन्तले आग्रह गरेका छन्। खोजिमा सहयोग गर्न अपिल गर्दै जिल्ला प्रहरी कार्यालय धनगढी कैलालीमा समेत जानकारी गराईएको छ । तर बालकको खोजी कार्य जारी भए पनि अहिलेसम्म भेटाउन सकिएको छैन्।

यो समाचारमा

कैलालीधनगढीकाठमाडौँधनगढी उपमहानगरपालिका
बुढीगंगा नगरपालिका5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    लाइसेन्सका लागि अब तोकिएकै क्लिनिक धाउनु नपर्ने, जुनसुकै दर्तावाल चिकित्सकको रिपोर्ट चल्ने

    काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्नका लागि गरिने स्वास्थ्य परीक्षणमा रहेको 'सिण्डिकेट' अन्त्य गर्दै सरकारले नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउन पहल सुरु गरेको छ। यातायात व्यवस्था विभागले अब नेपाल मेडिकल काउन्सिलमा दर्ता भई इजाजत प्राप्त गरेका जुनसुकै चिकित्सकले प्रदान गरेको स्वास्थ्य परीक्षण प्रमाणपत्रलाई मान्यता दिने निर्णय गरेको हो।विभागका सवारी

    Data is loading...

    Loading brands...

    Loading footer...