राष्ट्र बैंकद्वारा एक सय रुपैयाँको नयाँ नोट चलनचल्तीमा

Author

सजिलो पत्रिका

२०८२ मंसिर ११, बिहिबार १९:१४

22
Share
Featured
  • नेपाल राष्ट्र बैंकले परिष्कृत सुरक्षासहित नयाँ १०० रुपैयाँ नोट आजदेखि चलनमा ल्यायो।
  • नोटमा सगरमाथा, लालीगुराँसको पानीछाप, नेपाल नक्सा, अशोक स्तम्भ, एक–सिंगे गैंडा माउ–बाछा र मायादेवीको चित्र समावेश।
  • २ मिमी विशेष सुरक्षा धागो, स्पर्शबाट पहिचान हुने थोप्ला तथा ‘२०८१’ सिरिजसहित गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


नेपाल राष्ट्र बैंकले नयाँ विशेषतायुक्त एक सय रुपैयाँ दरको बैंक नोट आजदेखि औपचारिक रूपमा चलनचल्तीमा ल्याएको छ ।

बैंकले आज जारी गरेको सार्वजनिक सूचना अनुसार आजैदेखि नयाँ विशेषता सहितका नोट प्रचलनमा ल्याएको हो ।

नयाँ नोटमा सुरक्षात्मक तथा पहिचानजन्य तत्वहरू थप परिष्कृत गरिएको बैंकले जारी गरेको सुचनामा उल्लेख छ ।

नोटको बायाँतर्फ सगरमाथा (माउन्ट एभरेस्ट)को चित्र तथा दायाँतर्फ लालीगुराँसको पानीछाप राखिएको छ । मध्य भागमा नेपालको नक्सा र अशोक स्तम्भको चित्र समावेश गरिएको छ ।

नोटको मध्यभागमा एक सिंगे गैंडाको माउ र बच्चाको चित्र रहेको छ । साथै, दृष्टिविहीन व्यक्तिहरूले समेत नोट पहिचान गर्न सहज होस भन्ने हिसावले अशोक स्तम्भ नजिकै छामेर थाहा पाउन सकिने खालको कालो थोप्ला पनि थपिएको छ । त्यस्तै, बाँयातर्फ अण्डाकार भित्र सिल्भर मेटालिकमा मायादेवीको चित्र मुद्रण गरिएको छ ।

पुरानै रङ र आकारमा जारी गरिएको यस नोटमा ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपियाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट १०० रुपियाँ एक सय तुरुन्त पाइने छ’ भन्ने लेखसहित सरकारी ग्यारेन्टी उल्लेख गरिएको जनाइएको छ ।

सुरक्षाका लागि २ मिमी चौडाइको विशेष सुरक्षा धागो राखिएको छ, जसलाई सीधै हेर्दा रातो र ढल्काएर हेर्दा हरियो रङ देखिनेछ । नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको छ । तल्लो भागमा नेपाली अंकमा ‘वि.सं. २०८१’ लेखिएको सिरिज नम्बर समावेश छ ।

यो समाचारमा

काठमाडौँसगरमाथा (माउन्ट एभरेस्ट)नेपाल राष्ट्र बैंकनेपाल
गैंडा4 more

ट्यागहरू

#नेपाल सरकार#सार्वजनिक#नेपाल#नेपाल राष्ट्र बैंक#औपचारिक#सार्वजनिक नीति#सगरमाथा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भूमिहीन र सुकुमवासीलाई जग्गाका लागि निवेदन दिन सरकारको अन्तिम आह्वान

    काठमाडौं । सरकारले भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूलाई जग्गा उपलब्ध गराउने प्रयोजनका लागि अन्तिम पटक निवेदन माग गरेको छ। भूमि समस्या समाधान समितिले एक सूचना जारी गर्दै योग्य नागरिकहरूलाई तोकिएको ढाँचामा निवेदन दिन आग्रह गरेको हो।समितिका अनुसार, जग्गा पाउन इच्छुक स्थानीय तहका भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीहरूले

    sajilo patrika

    लाइसेन्सका लागि अब तोकिएकै क्लिनिक धाउनु नपर्ने, जुनसुकै दर्तावाल चिकित्सकको रिपोर्ट चल्ने

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    'राजनीतिक स्वार्थअनुसार वैदेशिक रोजगारीको व्याख्या गरियो' - केपी ओली

    डेढ घण्टाको अवरोधपछि फेसबुक र इन्स्टाग्राम पुनः सञ्चालनमा

    भर्खरै

    News Image

    बाँकेमा १३ करोड ६१ लाखका सामान बरामद

    News Image

    झापामा स्कार्पियो र सिटी सफारी ठोक्किँदा एक महिलाको मृत्यु, फरार चालक पक्राउ

    News Image

    सेयर बजारमा ४१ अंकको वृद्धि, ५ अर्ब ५१ करोडमाथिको कारोबार

    News Image

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू