क्रान्तिकारी छवि बचाउन नसक्दा इतिहासमा योगदान पुर्याउने पार्टीहरु असफल भए : नेता शर्मा

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०७, आइतबार

16
Share
Featured
  • प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले कांग्रेस, एमाले र माओवादीले राज्य सत्तामा पुगेपछि आफ्नो क्रान्तिकारी छवि जोगाउन नसक्दा देश भ्रष्टाचार, वेथिति र यथास्थितिमा फसेको आरोप लगाए।
  • उनले दलहरूले नातावाद, कृपावाद, दण्डहीनता र राजनीतिक हस्तक्षेप बढाएर राज्यका संस्थागत प्रणाली कमजोर बनाएको तथा संविधानसभा प्रक्रियालाई दलिय स्वार्थले प्रभावित पारेको बताए।
  • नेता सुदन किराँतीले जेनजी विद्रोहलाई विदेशी कारणसँग जोड्नु लज्जास्पद भएको भन्दै २० वर्षसम्म सत्तामा बसेका नेताहरू नै देश कमजोर बनाएको आरोप लगाए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता ले नेपालको इतिहासमा योगदान गरेका पार्टीहरुले राज्यसत्तामा पुगेपछि आफ्नो क्रान्तिकारी छवि बचाउन नसक्दा असफल भएको बताएका छन् । 

आइतबार प्रगतिशील लोकतान्त्रिक पार्टीको एकता सभामा बोल्दै उनले पुराना ठूला तीन दलले क्रान्तिकारी छवि बचाउन नसक्दा फलस्वरुप देश चरम भ्रष्टाचार, वेथिति र यथास्थितिमा फस्नकासाथै गति र परिणामविहीन हुन पुगेको बताएका हुन् । 

उनले भने,‘नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) आ–आफ्ना समयका नागरिक आवाजको प्रतिनिधित्व गर्ने परिर्वतनकारी पार्टी नै थिए र हुन् । इतिहासमा योगदान गरेका पार्टीहरुले राज्यसत्तामा पुगेपछि आफ्नो क्रान्तिकारी छवि बचाउन नसक्दा असफल हुन पुगे । फलस्वरुप देश चरम भ्रष्टाचार, वेथिति र यथास्थितिमा फस्नका साथै गति र परिणामविहीन हुन पुग्यो ।’

त्यस्तै उनले दलहरुले भ्रष्टाचार,नातावाद कृपावाद,दण्डहिनता र सबै क्षेत्रमा राजनीतिक तरंग गरेर राज्यका संस्थागत प्रणालीलाई थप निकम्बा बनाएको आरोप लगाए ।

संविधानसभामार्फत संविधान लेख्ने अवसरलाई दलिय स्वार्थ र दलिय दाउपेचको विषय बनाउँदा क्रान्ति र आन्दोलनको म्यान्डेट सम्बोधन हुन नसकेको उनको भनाई छ । 

‘भ्रष्टाचार, नातावाद, कृपावाद, दण्डहिनता र सबै क्षेत्रमा राजनीतिक तरंग गरेर राज्यका संस्थागत प्रणालीलाई थप निकम्भ  बनाए । संविधानसभामार्फत संविधान लेख्ने अवसरलाई दलिय स्वार्थ र दलिय दाउपेचको विषय बनाउँदा क्रान्ति र आन्दोलनको म्यान्डेट जस्ताको त्यस्तै सम्बोधन हुन सकेन,’उनले भने  । 

उनले प्रगतिशील लोकतान्त्रिक पार्टीले परिणममुखी र उदाहरणीय शासन सञ्चालन गर्ने दावी गरे ।

जेनजी विद्रोह विदेशीको कारणले भएको हो भन्नु लज्जास्पद् ः सुदन किराती

त्यस्तै, नेता सुदन किराँतीले जेनजी विद्रोह विदेशीको कारणले भएको हो भन्नु लज्जास्पद् अभिव्यक्ति भएको तर्क गरे ।

केही मानिसहरू म्युजिकल चियर खेलेर देशलाई कंगाल बनाएर बसेको आरोप लगाउँदै उनले  देशको स्वाधिनतालाई कमजोर बनाएर बसेका छन् अनि विदेशीलाई दोष लगाउने रु भन्दै प्रश्न गरे । 

उनले भने,‘उहाँहरू जेनजी विद्रोह विदेशीको कारणले हो भनेर अझै पनि भन्नुहुन्छ । लाजपनि लजाउने गरी अभिव्यक्ति दिइरहनुभएको छ । हाम्रो पार्टी सम्पूर्ण रूपले त्यस्तो अभिव्यक्तिलाई खारेज गर्दछ । आफ्नो कोठा खुला राख्ने, कोठामा धान छर्ने, भकारीलाई राम्रोसँग नबाँध्ने, अनि भँगेरा आयो भनेर भँगेरालाई दोष दिएर हुन्छ रु २० वर्षदेखि राज्यसत्तामा को छ एकलौटी रु केही मानिसहरू म्युजिकल चियर खेलेर देशलाई कंगाल बनाएर बसेका छन् । देशको स्वाधिनतालाई कमजोर बनाएर बसेका छन् । 

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)काठमाडौँनेपाल
नेपाली काँग्रेस5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...