जेनजी आन्दोलनले राजनीतिको चेतना खोलिदियो-सन्तोष परियार

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०७, आइतबार

23
Share
Featured
  • सन्तोष परियारले जेनजी आन्दोलनले नेपालमा नयाँ राजनीतिक चेतना जागेको र समावेशी राजनीति नहुँदा विद्रोह उत्पन्न हुने तथ्य उजागर भएको बताए।
  • पार्टी एकता घोषणा कार्यक्रमलाई उनले संकटग्रस्त लोकतन्त्रलाई बचाउन लोकतान्त्रिक र प्रगतिशील शक्तिहरू एक ठाउँमा उभिने कदमका रूपमा प्रस्तुत गरे।
  • उनले संविधानमाथि खतरा मडारिएको तथा युवापुस्ताको ठूलो चुनौती राज्यप्रतिको हराउँदै गएको विश्वास पुनःस्थापना गर्नु रहेको औंल्याए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले 'जेनजी आन्दोलन'ले नेपालको समकालीन राजनीतिको चेतना खोलिदिएको बताएका छन् ।

आइतबार पार्टीको एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले राजनीतिलाई समावेशी बनाउन नसक्दा कस्तो विद्रोह हुन सक्छ भन्ने कुरा गत भदौ २३ र २४ गतेको आन्दोलनले प्रमाणित गरेको बताए ।

"आजको घोषणा सभा कुनै एउटा पार्टी बनाउने मात्र होइन," परियारले भने, "यो संकटको घडीमा सबै लोकतान्त्रिक, प्रगतिशील र राष्ट्रको चिन्ता गर्नेहरू एक ठाउँमा आउने दिन हो ।"

उनले संविधानले दिएको लोकतान्त्रिक अधिकार खोसिने खतरा रहेको र संविधानमाथि नै संकट मडारिएको धारणा राखे । आफ्नो पुस्ताको सबैभन्दा ठूलो चुनौती राज्यप्रति गुमेको विश्वास फर्काउनु रहेको उनको भनाइ थियो ।

यो समाचारमा

काठमाडौँसन्तोष परियार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...