काठमाडौँ महानगरले कार्तिक मसान्तसम्म सङ्कलन गर्‍यो ३ अर्ब २२ करोड राजस्व

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०३, बुधबार

18
Share
Featured
  • काठमाडौं महानगरपालिकाले पहिलो चार महिनामा ३ अर्ब २२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ, जुन गत वर्षभन्दा बढी हो, तर आन्तरिक राजस्व २ करोड २० लाखले घटेको छ।
  • सम्पत्ति कर पुरानो दर लागू हुँदा उक्त तर्फको कर संकलन घटेको हो, जबकि बहाल करमा ८ करोडभन्दा बढी वृद्धि भएको छ।
  • व्यवसाय कर सामान्य रूपमा बढेको छ भने भवन निर्माण दर घट्दा नक्सा पास शुल्कबाट आउने राजस्वमा कमी आएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

चालु आर्थिक वर्षको पहिलो चार महिनामा काठमाडौँ महानगरपालिकाले ३ अर्ब २२ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ५ करोड ६५ लाख रुपैयाँले बढी हो ।

समग्र राजस्व बढे पनि महानगरको आन्तरिक राजस्वतर्फ भने २ करोड २० लाख रुपैयाँले कमी आएको छ । सम्पत्ति करको पुरानो दर लागू गरिएकाले कर संकलन घटेको महानगरको राजस्व विभागले जनाएको छ ।

यद्यपि, बहाल कर संकलनमा भने उल्लेख्य वृद्धि भएको छ । सर्वोच्च अदालतले बहाल कर उठाउने अधिकार स्थानीय तहलाई दिएपछि गत वर्षको तुलनामा यो शीर्षकमा ८ करोड रुपैयाँभन्दा बढी संकलन भएको छ ।

यसैगरी, व्यवसाय कर सामान्य बढेको छ भने भवन निर्माणको दर घटेसँगै नक्सा पास शुल्कबाट उठ्ने राजस्वमा कमी आएको महानगरले जनाएको छ ।

यो समाचारमा

काठमाडौँ महानगरपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बाग्मतीले धार परिवर्तन गर्दा टौदह आसपासका बस्ती जोखिममा, दहको पानी चुहिन थाल्यो

    काठमाडौं । बाग्मती नदीको  कटानले टौदहपूर्वका केही घर  परेका छन् । कीर्तिपुर नगरपालिका-६ स्थित टौदह उपत्यकाको प्रमुख  पर्यटकीय गन्तव्यस्थलमध्ये एक हो । वाग्मतीले विगत दुई वर्षदेखि धार परिवर्तन गरी पश्चिमी किनाराको माटो कटान गर्न थालेपछिटौदहको पूर्व र दक्षिणतर्फका  बस्ती जोखिममा परेका छन् ।टौदहका स्थानीयवासी मिलन खड्काले भने ‘बाग्मती नदीको  कटानले

    Data is loading...

    Loading brands...

    Loading footer...