मर्यादित महिनावारी सम्बन्धी मुद्दा सिंगो देशको हो

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २७, बिहिबार

17
Share
Featured

काठमाडौँ


संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले मर्यादित महिनावारी सम्बन्धी संकल्प प्रस्तावको मुद्दालाई समितिको मुद्दाको रुपमा मात्र नभई सिंगो देशको मुद्दाको रुपमा हेर्न आग्रह गरेका छन् । 

राष्ट्रिय सभाबाट पारित ‘मर्यादित महिनावारी सम्बन्धी संकल्प प्रस्ताव’ को कार्यान्वयन अवस्थाबारे विशेष छलफल कार्यक्रममा बोल्दै उनले समितिले मात्र उठाउने भन्दापनि जनतावाद्को रुपमा नै सो मुद्दा उठाउनसके मात्र सफल हुने बताए । 

उनले भने,‘यो मुद्दा राष्ट्रिय सभाको मात्र हो भनेर पनि हेरिन्छ । यो त देशको मुद्दा हो । सबैले सरोकार राख्नुपर्छ र अगाडि पनि बढाउनुपर्छ । यो मुद्दा समितिले मात्र उठाउने भन्दापनि जनतावाद्को रुपमा नै उठाउनुपर्छ अनि मात्र सफल हुन्छ ।’

त्यस्तै उनले मर्यादित महिनावारी सम्बन्धी संकल्प प्रस्तावको कानुनी बाध्यता सरकारलाई नभएको बताउँदै सरकारको नैतिक आचरण छ भने स्वीकार गर्ने नत्र नगर्ने आचरण रहेको बताए । 

कार्यक्रममा राष्ट्रियसभाका समितिहरूका सभापति, राष्ट्रियसभा सदस्यहरू, विज्ञहरू, सरोकारवाला निकायका प्रतिनिधि तथा नागरिक समाजका अग्रणी व्यक्तिहरूको सहभागी रहेको थियो । 

यो समाचारमा

राष्ट्रिय सभाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ‘जुलाई’मा औसतभन्दा कम वर्षा

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले ‘जुलाई’ महिनामा  देशभर औसतभन्दा कम वर्षा मापन भएको जनाएको छ ।जुलाई महिनामा औसत ५५८.८ मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म ३०४.३० मिलिमिटर भएको छ । विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका ४१४ वर्षा मापन केन्द्रमध्ये ३७२ केन्द्रमा वर्षा भएको छ ।सो अवधिमा नेपालभर औसत ११।७

    Data is loading...

    Loading brands...

    Loading footer...