बागमतीको धुलो दुध कारखानाको भविष्यमाथि प्रश्न, मन्त्री पौडेलले गरे अनुगमन

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २७, बिहिबार

18
Share
Featured
  • बागमती प्रदेशका कृषि मन्त्री मधुसूदन पौडेलले धुलो दुध कारखानाको अनुगमन गरी छिटो पूर्ण सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका छन्।
  • करिब ४७ करोड रुपैयाँको लगानीमा निर्माण भएको कारखाना २०८० मंसिरदेखि परीक्षण उत्पादनमै सीमित छ, र सञ्चालन कार्यविधि तयार नभएकाले लगानी अलपत्र परेको अवस्था छ।
  • कारखाना पूर्ण सञ्चालनमा आएमा दैनिक ६० हजार लिटर दूध प्रशोधन गरेर वार्षिक करिब १५ सय मेट्रिक टन धुलो दुध उत्पादन गर्न सकिनेछ, जसले किसानलाई उचित मूल्य र प्रदेशको कृषि अर्थतन्त्रमा योगदान पुर्‍याउनेछ।
समाचार सारांशGenerated using AI.

बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेलले प्रदेशको धुलो दुध कारखानामा अनुगमन गरी शिघ्र पूर्ण सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका छन् । 

बिहीबार मन्त्री पौडेलले करिब ४७ करोड रुपैयाँको लगानीमा निर्माण भएपनि सञ्चालन कार्यविधि नबन्दा लामो समयदेखि परीक्षण उत्पादनमै सीमित रहेको उक्त कारखनाको भौतिक र प्राविधिक अवस्था बुझेका हुन् ।

तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले २०७७ पुस १६ गते शिलान्यास गरेको र झन्डै तीन वर्ष लगाएर निर्माण पूरा भएको यो कारखानाले २०८० सालको मंसिरबाटै परीक्षण उत्पादन सुरु गरेको थियो । तर, प्रदेश दुग्ध विकास बोर्डले सञ्चालनको मोडालिटी तथा कार्ययोजना तय गर्न नसक्दा यो ठूलो लगानी अलपत्र पर्ने जोखिम बढेको भन्दै चौतर्फी आलोचना भइरहेको छ।

अनुगमनपछि प्रतिक्रिया दिँदै मन्त्री पौडेलले लगानी जोखिममा पर्नु गम्भीर विषय भएको औँल्याए । उनले कारखाना सञ्चालनको कार्यविधि तयार पार्ने काम अन्तिम चरणमा पुगेको बताए । उनको अनुगमनको मुख्य उद्देश्य भनेको छिटो कार्यविधि स्वीकृत गरी कारखानालाई पूर्ण क्षमतामा सञ्चालनको सुनिश्चितता गर्नु रहेको प्रस्टोक्ति दिए ।

मन्त्री पौडेलका अनुसार कारखाना पूर्ण रूपमा सञ्चालनमा आएमा प्रदेशभित्र दूधको अधिक उत्पादन भएको बखत किसानले दूध सडकमा फाल्नुपर्ने वा सस्तो मूल्यमा बेच्नुपर्ने बाध्यताबाट मुक्ति पाउनेछन् । दैनिक ६० हजार लिटर दूध खपत गर्ने क्षमता रहेको र वार्षिक करिब १५ सय मेट्रिक टन धुलो दुध उत्पादन गर्नसक्ने यो कारखानाले दुग्ध किसानलाई उचित मूल्यको निश्चितता प्रदान गरी प्रदेशको कृषि अर्थतन्त्रलाई ठूलो टेवा पु-याउनेछ ।

हाल, कारखानाबाट धुलो दुध परीक्षण उत्पादनका लागि दुग्ध विकास संस्थान (डिडिसी)लाई जिम्मेवारी दिएको भएपनि यसलाई औपचारिक निर्णय भने दिइएको छैन ।

मन्त्री पौडेलले अब डिडिसीलाई नै निरन्तरता दिने कि प्रतिस्पर्धाका आधारमा अन्य संस्थालाई जिम्मा दिने भन्नेबारे छलफल भइरहेको जानकारी दिए । परीक्षणकालमै डिडिसीले ४४ लाख लिटर दूध प्रशोधन गरी ३ सय ९९ मेट्रिक टन धुलो दुध र २ सय मेट्रिक टन बटर उत्पादन गरेको तथ्याङ्क छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...