
काठमाडौँसरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पार्टी कार्यालयको अनुगमन गरेको छ ।बुधबार कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोलीले धुम्वाराहीस्थित पार्टी कार्यालय पुगेर अनुगमन गरेको हो ।अनुगमनका क्रममा पार्टी अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देन लगायतका नेताहरूसँग छलफल समेत गरेका छन् ।