मुलुकमा सुशासन दिन सकिएन भने विद्रोहको खतरा छ : गृहमन्त्री

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २७, बिहिबार

9
Share
Featured
  • गृहमन्त्री ओम प्रकाश अर्याल ले हालको सरकार असामान्य परिस्थितिपछि गठन भएकाले स्थितिलाई सामान्य बनाउँदै विधिको शासनको वहालीमा लागिपरेको बताए।
  • उनले स्वतन्त्र र भयरहित चुनाव सुनिश्चित गर्न सरकार चरणबद्ध रूपमा काम गरिरहेको र सुरक्षाको प्रत्याभूति सरकारको प्रमुख म्यान्डेट भएको स्पष्ट गरे।
  • अर्यालले द्वन्द्व दोहोरिए राष्ट्रिय सुरक्षा जोखिम बढ्ने चेतावनी दिँदै, सुशासनको अभावले विद्रोह निम्त्याउन सक्ने भएकाले सुशासन सरकारको नियमित जिम्मेवारी भएको बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


गृहमन्त्री ओमप्रकाश अर्यालले हालको सरकार असामान्य स्थितिपछि गठन भएकाले विधिको शासनको वहालीसँगै स्थितिलाई सामान्यकरण गर्न लागेको बताएका छन् । 

बिहीबार बसेको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले सरकारको उद्देश्य नै चुनावलाई स्वतन्त्र र भयरहित बनाउने भएकाले स्थितिलाई सामान्य बनाउन हरसम्भव प्रयास गरेको बताएका हुन् ।

उनले भने, ‘असामान्य स्थितिपछिको सरकार बनेकाले स्थितिलाई सामान्यकरण गर्दै विधिको शासन वहाली गर्दै सुरक्षाको प्रत्याभुति दिनुपर्ने अवस्थामा छौं । त्यो चरणवद्ध काम भएकाले सुरुको चरणमा स्थिति सामान्यीकरणमा लागेका हौं,’ उनले थप भने, ‘चुनावलाई स्वतन्त्र र भयरहित त्यसको सुनिश्चता नै सरकारको म्यान्डेट हो ।  निर्वाचन पहिलाको भन्दा अझ सुदृढ हुनुपर्छ भन्ने मान्यता हो । त्यसमा हामी सचेत छौं ।’

उनले स्थितिलाई सामान्य बनाउन नसके द्वन्द्व दोहोरिने र राष्ट्रिय सुरक्षा चुनौति बढ्ने पनि बताए । 

‘तत्काल द्वन्द्व दोहोरियो भने के होला, सामान्य जिउधनको मात्र नभएर राष्ट्रिय सुरक्षा चुनौति नै हुनसक्ने भएकाले कुनैपनि अवस्थामा द्वन्द्व दोहोरिनु हुँदैन् । सामान्य बनाउन हरसम्भव प्रयास गरेका हौं,’ उनले भने । 

उनले सुशासन दिन नसके विद्रोह हुने भन्दै सुशासन सरकारको नियमित काम भएको समेत बताए । बैठकमा शान्ति सुरक्षाको अवस्था र आगामी निर्वाचनको तयारीको सम्बन्धमा छलफल गरिएको थियो ।  

यो समाचारमा

काठमाडौँओमप्रकाश अर्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भूमिहीन र सुकुमवासीलाई जग्गाका लागि निवेदन दिन सरकारको अन्तिम आह्वान

    काठमाडौं । सरकारले भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूलाई जग्गा उपलब्ध गराउने प्रयोजनका लागि अन्तिम पटक निवेदन माग गरेको छ। भूमि समस्या समाधान समितिले एक सूचना जारी गर्दै योग्य नागरिकहरूलाई तोकिएको ढाँचामा निवेदन दिन आग्रह गरेको हो।समितिका अनुसार, जग्गा पाउन इच्छुक स्थानीय तहका भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीहरूले

    Data is loading...

    Loading brands...

    Loading footer...