हामी निर्वाचनमा जान तयार छौं तर सरकार तयार छैन् : सन्तोष परियार

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २५, मङ्गलबार १५:१९

21
Share
Featured
  • राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले निर्वाचनमा हार-जीत भन्दा समाजलाई नयाँ आशा र दृष्टिकोण दिने कुरा महत्वपूर्ण भएको बताएका छन्।
  • उनले संविधान र लोकतान्त्रिक पद्धतिमा भएको ह्रासलाई रोक्न र सुधार गर्न पनि निर्वाचनमा भाग लिन आवश्यक रहेको बताए।
  • परियारले आफू लोकतन्त्रमा विश्वास गर्ने व्यक्ति भएको र आफ्नो हरेक काम लोकतन्त्रको सीमाभन्दा बाहिर नजाने सुनिश्चित गर्ने बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले निर्वाचन हार्ने र जित्नेभन्दा पनि समाजलाई नयाँ आशा र दृष्टिकोण दिने कुरा महत्वपूर्ण भएको बताएका छन् । 

मंगलबार काठमाडौंमा आयोजित आगामी प्रतिनिधी सभाको निर्वाचन ः चुनौती र अवसर विषयक राजनीतिक दलहरुसँग अन्तक्रिया कार्यक्रममा उनले निर्वाचन हार्ने र जित्नेभन्दा पनि समाजलाई नयाँ आशा र दृष्टिकोण दिने कुरा महत्वपूर्ण भएको भन्दै त्यसको लागि पनि यो निर्वाचनमा जानु पर्ने बताए । 

उनले भने, ‘निर्वाचन कसले जित्छ त्यो ठूलो कुरा होईन त्यो निर्वाचनले कुन आशालाई स्थापित गर्छ र कुन नयाँ दृष्टिकोण ल्याउँछ त्यो महत्वपूर्ण कुरा हो । त्यसकारण अबको निर्वाचनमा को जित्ने र हार्ने ठूलो कुरा होइन । समाजलाई नयाँ आशा कसले दिन्छ र हाम्रा सामाजिक मुद्दाहरुमा नयाँ दृष्टिकोण कसले दिन्छ भन्ने कुरा महत्वपूर्ण हो । त्यसकारण पनि यो निर्वाचनमा हामी जानुपर्छ ।’

यस्तै, उनले जानेर वा नजानेर, चाहेर वा नचाहेर जुन किसिमले संविधानलाई क्षत विक्षत बनाइएको छ, जुन किसिमको लोकतान्त्रिक पद्धतीलाई अप्ठयारोमा पारिएको छ । त्यसलाई ठाँउमा ल्याउनको लागि पनि निर्वाचनमा जानुपर्ने बताए । 

सरकारले नै निर्वाचन गर्न नचाहेको हो कि भन्ने महशुस भइरहेको भन्दै रास्वपा र व्यक्तिगत तर्फबाट सरकार आफंै निर्वाचन विरोधी कुराहरु नगर्न आग्रह गरेका छन् । 

साथै, उनले आफू लोकतन्त्रमा विश्वास गर्ने, लोकतन्त्रलाई संस्कृति बनाउनुपर्छ भन्ने व्यक्ति भएको भन्दै आफूले गर्ने हरेक कामहरु लोकतन्त्रभन्दा बाहिर नजाने बताए ।

यो समाचारमा

काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टीसन्तोष परियार

ट्यागहरू

#निर्वाचन#आयोजित#संविधान#लोकतन्त्र#कार्यक्रम#काठमाडौं#सरकार#सन्तोष परियार#राष्ट्रिय स्वतन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    sajilo patrika

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण सकेर प्रचण्ड स्वदेश फर्किए

    कारबाहीमा परेका व्यक्तिको भविष्यको योग्यता ऐनमै प्रष्ट हुनुपर्छ- कार्यकारी निर्देशक रावल

    जलविद्युत् आयोजनाको वर्गीकरण गर्दै प्राधिकरण

    भर्खरै

    News Image

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    News Image

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    News Image

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    News Image

    'राजनीतिक स्वार्थअनुसार वैदेशिक रोजगारीको व्याख्या गरियो' - केपी ओली

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू