नेपाल शिक्षक महासंघको स्पष्टीकरण -'हामी कुनै पनि राजनीतिक पार्टीमा आबद्ध छैनौँ'

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २४, सोमबार

18
Share
Featured
  • शिक्षा मन्त्री महावीर पुनले शिक्षक महासंघ राजनीतिक गतिविधिमा संलग्न भएको भन्दै कारबाहीको चेतावनी दिएपछि नेपाल शिक्षक महासंघले आफू कुनै राजनीतिक दलसँग आबद्ध नरहेको स्पष्ट पारेको छ।
  • महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले महासंघ शिक्षकको हक अधिकारका लागि बनेको संगठन भएको र कुनै पनि पार्टीको नहुने बताइन्।
  • उनले शिक्षकले पेसागत मर्यादाअनुसार राजनीतिमा लाग्न नपाउने तर आस्था र विचार व्यक्त गर्न पाउने संवैधानिक अधिकार रहेको उल्लेख गरिन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल शिक्षक महासंघले महासंघ र त्यसका सदस्य शिक्षकहरू कुनै पनि राजनीतिक पार्टीमा आबद्ध नरहेको जनाएको छ। हिजो (आइतबार) शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले राजनीतिक गतिविधिहरूमा संलग्न रहेको पाइए कारबाही गर्ने चेतावनीसहित सूचना जारी गरेपछि महासंघले यस्तो बताएको हो।

शिक्षा मन्त्रालयका अनुसार अभिभावक, विद्यार्थी, शिक्षक, नागरिक समाज, शिक्षाविद् तथा सरोकारवालाहरूबाट शिक्षक महासंघ र विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीका पेशागत संघसङ्गठनहरू पेशागत कर्तव्य, नैतिक दायित्व र पेशागत आचरण विपरीत राजनीतिक गतिविधिहरूमा संलग्न भएको गुनासो आएको थियो।

तर, नेपाल शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले थाहाखबरसँग कुरा गर्दै राजनीतिक गतिविधिहरूमा संलग्न रहेको विषयमा सत्यता नभएको दावी गरिन्। उनले भनिन्, ‘हामी कुनै पनि राजनीतिक दलमा आवद्ध छैनौँ, महासंघ कुनै पनि पार्टीको पनि होइन्, यो शिक्षकहरूको हक अधिकारका निम्ति गठन भएको महासंघ हो, कोही यसमा आबद्ध शिक्षक राजनीतिमा लागेका पनि छैनन्, त्यसमा लाग्दैनन् पनि।’
संविधानतः शिक्षकहरूमा पार्टीगत कुरामा आस्था र विचार भने व्यक्त गर्न पाउने उनले बताइन्। ‘शिक्षकहरू पेसागत मर्यादाअनुसार पार्टीमा लाग्नुहुँदैन, झण्डा बोक्न हुँदैन तर आस्था र विचार भने व्यक्त गर्न पाउँछौँ’, उनले भनिन्।

यो समाचारमा

काठमाडौँनेपाल शिक्षक महासंघमहावीर पुन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...