बिमाको औषधी गुणस्तरीय नभएको भन्ने कुरा गलत : मन्त्री डा. शर्मा

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २४, सोमबार

18
Share
Featured
  • स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले बिमा कार्यक्रमका समस्या क्रमशः सुधार हुँदै जाने बताउँदै, “बिमाको औषधी गुणस्तरीय छैन” भन्ने कुरा गलत भएको स्पष्ट गरेकी छन्।
  • उनले संविधानले सुनिश्चित गरेको निःशुल्क स्वास्थ्य सेवालाई कानूनी आधारमा आधारभूत स्वास्थ्य सेवा प्याकेजमार्फत कार्यान्वयनमा ल्याउने सरकारको प्रतिबद्धता दोहोर्याइन्।
  • जेनजी आन्दोलनको मागमा मन्त्री बनेकी उनले आन्दोलनले उठाएको भ्रष्टाचार निर्मूल र सुशासनको एजेन्डा बिर्सिन नहुने भन्दै सबैलाई इमानदार बन्न आग्रह गरिन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले बिमा कार्यक्रममा भएका समस्याहरु क्रमश सुधार गर्दै जाने प्रयासमा रहेको बताएकी छन् । 

सोमबार भक्तपुर क्यान्सर अस्पतालको ३१ औं वार्षिकोत्सव एंव नवनिर्मित प्रयोगशाला भवनको उद्घाटनमा उनले बिमाको औषधी गुणस्तरीय नभएको भन्ने कुरा गलत रहेको भन्दै बिमा कार्यक्रममा भएका समस्याहरु क्रमश सुधार गर्दै जाने प्रयासमा रहेको बताइन् । 

उनले भनिन्, ‘बिमाको औषधी गुणस्तरीय नहुने भन्ने कुरा गलत हो । त्यस्तो भ्रममा नपर्न अनुरोध गर्न चाहन्छु र आफ्नो निजी औषधी व्यवसाय हुनेहरु कसैले त्यो भ्रामक समाचार फैलाएको हुन सक्छ त्यसतर्फ सबैजना सचेत हुन आग्रह गर्न चाहन्छु । बिमा कार्यक्रममा समस्याहरु छन्, त्यसलाई हामी क्रमश सुधार गर्दै जाने प्रयासमा छौ ।’

यस्तै, उनले सरकारले संविधानमार्फत दिएको निःशुल्क स्वास्थ्य सेवालाई कानून अनुसार आधारभूत स्वास्थ्य सेवा प्याकेज बनाएर ल्याएको भन्दै यसको कार्यान्वयनमा प्रतिबद्ध रहेको जनाइन् । 

आधारभूत अस्पतालहरुको उपकरणको बारेमा मन्त्रालयमा फाइलहरु हेर्नुपर्ने अवस्थामा छन् भने त्यसलाई हेर्न तयार रहेको उनको भनाई छ । 

साथै, उनले आफू जेनजी आन्दोलनको मागमा मन्त्री भएको भन्दै जेनजी आन्दोलनले उठाएको भ्रष्टाचार निर्मूल र सुशासनको कुरालाई बिर्सिन नहुने पनि बताइन् । 

उनले भनिन्, ‘जेनजी आन्दोलनको मागपछि म मन्त्री भएको हुँ । हामी कसैले पनि बिर्सिन नहुने कुरा भनेको जेनजीहरुको भ्रष्टाचार निर्मूलको माग हो । उनीहरुले भ्रष्टाचार हटाउनको लागि नै भनेर आन्दोलन गरेका हुन् । हामी सबैले आफ्नो छातीमा हात राखेर कसम खाउ की म बाट कुनै पनि गलत काम हुँदैन् भनेर ।’

यो समाचारमा

डा. सुधा शर्मा गौतमकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ‘जुलाई’मा औसतभन्दा कम वर्षा

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले ‘जुलाई’ महिनामा  देशभर औसतभन्दा कम वर्षा मापन भएको जनाएको छ ।जुलाई महिनामा औसत ५५८.८ मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म ३०४.३० मिलिमिटर भएको छ । विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका ४१४ वर्षा मापन केन्द्रमध्ये ३७२ केन्द्रमा वर्षा भएको छ ।सो अवधिमा नेपालभर औसत ११।७

    Data is loading...

    Loading brands...

    Loading footer...