गिलि अटो एक्स–५ को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २३, आइतबार

8
Share
Featured
  • गिलि अटोग्रुपको पूर्ण विद्युतीय एसयुभि गिलि एक्स–५ले विश्वव्यापी रूपमा २ लाख १० हजार युनिट बिक्री पुर्‍याएर ऐतिहासिक उपलब्धि हासिल गरेको छ।
  • चीनमा सार्वजनिक भएको करिब सात महिनामै १ लाख युनिटभन्दा बढी बिक्री वितरण सफल भएको यो मोडल हाल २६ देशहरूमा उपलब्ध छ र नेपालमा पनि उपभोक्ताको मन जित्न सफल भएको छ।
  • गिलि अटोले २०२५ को पहिलो छ महिनामा १४ लाख सवारीसाधन बिक्री गरी वार्षिक बिक्री लक्ष्य बढाउँदै आगामी वर्षहरूमा ब्राजिल, पोल्यान्ड, बेलायत, इटाली र हङकङ जस्ता बजारमा उपस्थिति विस्तार गर्ने योजना बनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

गिलि अटोग्रुप आफ्नो पूर्णत विद्युतीय एसयुभि गिलि एक्स–५ को २ लाख १० हजार युनिट विक्री कायम गरी ऐतिहासिक उपलब्धि हासिल गरेको छ । यो उपलब्धिले गिलि एक्स–५ लाई आफ्नो वर्गको सबैभन्दा सफल नयाँ विद्युतीय सवारीहरूमध्ये एकको रूपमा स्थापित गरेको छ ।

उत्पादक देश चीनमा गिलि एक्स–५ ले आम उपभोक्ताको मन जित्दै सार्वजनिक भएको करिब सात महिनामै १ लाख युनिटभन्दा बढी बिक्री वितरण गर्न सफल भएको थियो । थाइल्यान्ड, इन्डोनेसिया, अष्ट्रेलिया, न्युजिल्याण्ड, केही युरोपेली देशहरू र ल्याटिन अमेरिकी क्षेत्रहरू गरी हाल यो मोडल २६ देशहरूमा उपलब्ध  छ ।

गिलि अटोले सन् २०२५ को पहिलो छ महिनामै विश्वभरी १४ लाख सवारीसाधन बिक्री गरी अघिल्लो वर्षको तुलनामा ४७ प्रतिशतको बृद्धि हासिल गरेको छ । यस  उपलब्धीसँगै कम्पनीले आफ्नो वार्षिक बिक्री लक्ष्यलाई २० लाख ७१ हजार यूनिटबाट बढाएर ३० लाख युनिट पु-याएको घोषणा गरेको छ । 

दुई लाख १० हजार भन्दा बढी विश्वव्यापी बिक्रीलाई कम्पनीले आफ्ना ग्राहकहरूको विश्वास र गिलिको विश्वस्तरीय विद्युतीय सवारी उत्पादन क्षमताको प्रमाणको रुपमा लिएको बताएको छ । 

आगामी वर्षहरूमा गिलि अटोले ब्राजिल, पोल्यान्ड, युनाइटेड किंगडम, इटाली र हङकङ जस्ता प्रमुख बजारहरूमा आफ्नो उपस्थिति अझ विस्तार गर्ने र नयाँ ऊर्जा सवारी उत्पादन सञ्जाललाई तीव्र गतिमा अघि बढाउने योजना बनाएको छ ।

नेपालमा हालै बिक्रीवितरण सुरू गरिएको यही मोडेल गिलि एक्स–५ ले पनि नेपाली उपभोक्ताहरुको मन जित्न सफल भएको छ । ग्राहक तथा विद्युतीय गाडीप्रेमीहरूले स्वस्फूर्त रूपमा टेस्ट ड्राइभ र बुकिङ गर्न थालेका छन् । बढ्दो चासो र मागका कारण, नेपालका लागि गिलि एक्स–५ को आधिकारिक आयातकर्ता एलआरआर मोटर्स्ले देशैभर डिलरशिप विस्तार गर्ने योजना सार्वजनिक गरिसकेको छ ।

यो समाचारमा

इटालीथाइल्यान्डअष्ट्रेलियापोल्यान्ड
इन्डोनेसिया10 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...